कोशी प्रदेशसभा : आर्थिक सर्वेक्षण पेस « Khabarhub

कोशी प्रदेशसभा : आर्थिक सर्वेक्षण पेस


३० जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले आर्थिक वर्ष २०८२-८३ को आर्थिक सर्वेक्षण विवरण पेस गरेका छन् । 

उनका अनुसार आर्थिक वर्ष २०८२-८३ मा नेपालको कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब १० रहने अनुमान गरिएकामा कोशी प्रदेशको अंश १५ दशमलव आठ प्रतिशत अर्थात् रु १० खर्ब ४३ अर्ब १२ करोड रहने प्रक्षेपण गरिएको उल्लेख छ ।

आर्थिक वर्ष २०८१-८२ मा यस प्रदेशको आर्थिक वृद्धिदर दुई दशमलव ७२ प्रतिशत रहेकामा आर्थिक वर्ष २०८२-८३ मा सुधार भई तीन दशमलव १३ प्रतिशत रहने अनुमान छ । चालु आर्थिक वर्षको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३२ दशमलव पाँच प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ६७ दशमलव पाँच प्रतिशत रहने अनुमान रहेको सर्वेक्षणमा उल्लेख छ । 

उनले आर्थिक वर्ष २०८२-८३ मा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा एक हजार ५१३ अमेरिकी डलर रहने अनुमान गरिएकामा कोशी प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार ४१० अमेरिकी डलर रहने प्रक्षेपण छ ।

    विशेष समय

कोशी प्रदेशसभाको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले कोशी प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेयाङ्बोले नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी हतियारसहित प्रवेश गरेको उल्लेख गर्दै स्थानीय जनताले आफ्नै बलमा ती सुरक्षाकर्मीहरूलाई धपाउनु गौरवको काम भएको बताए । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट गणेशप्रसाद उप्रेतीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट समावेशी, पारदर्शी हुनुपर्नेमा जोड दिए । 

    आकस्मिक समय

कोशी प्रदेशसभाको आकस्मिक समयमा पूर्वमुख्यमन्त्री केदार कार्कीले विराटनगर महानगरपालिकाको बखरीस्थित सम्पत्र बस्तीको विषयमा उठेको विषयमा असहमति जनाए । उनले क्रृषिदेव समुदायका लागि बनाइएको सम्पन्न बस्तीमा कुनै पनि आर्थिक चलखेल नभएको र अहिले त्यहाँका बसोवासी जग्गाधनी भएकामा जोड दिए।

    शून्य समय

कोशी प्रदेशसभाको शून्य समयमा प्रदेशसभा सदस्य जीवन आचार्य, गीतादेवी रेग्मी, गोम्बू शेर्पा र शीला दीक्षित कार्कीले प्रदेशको विविध पक्षमा सरकारको ध्यानाकर्षण गराएका थिए । 

प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते अपराह्‍न ४ बजे बस्नेछ ।
 

प्रकाशित मिति : ३० जेष्ठ २०८३, शनिबार  ६ : ३४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित