‘दुईदिने बिदाले आन्तरिक पर्यटन प्रवर्द्धन र अर्थतन्त्र चलायमान भयो, पुनरावलोकन हुँदैन’ « Khabarhub

‘दुईदिने बिदाले आन्तरिक पर्यटन प्रवर्द्धन र अर्थतन्त्र चलायमान भयो, पुनरावलोकन हुँदैन’


२८ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले दुई दिनको सार्वजनिक बिदालाई पुनरावलोकन गर्ने कुनै तयारी नभएको स्पष्ट पारेको छ ।

बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित सांसदहरूको प्रश्नको जवाफ दिँदै न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले दुई दिनको सार्वजनिक बिदालाई पुनरावलोकन गर्ने कुनै पनि निर्णय वा तयारी नभएको स्पष्ट पारेकी हुन् ।

सातामा दुई दिनको बिदाले सार्वजनिक प्रशासनलाई परिणाममुखी बनाउन, ऊर्जा (विद्युत्, सवारी इन्धन) तथा प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न सहयोग पुगेको उनले बताइन् । 

साथै उनले कर्मचारी तथा श्रमिकको कार्यजीवन सन्तुलन अभिवृद्धि हुनुका साथै मनोबल, कार्यकुशलता र उत्पादकत्वमा सकारात्मक प्रभाव परेको दाबी गरिन् ।

दुई दिनको बिदाका कारण छोटो अवधिको भ्रमण बढेर आन्तरिक पर्यटन प्रवर्धन हुनुका साथै स्थानीय अर्थतन्त्र र आर्थिक गतिविधि चलायमान बनाउन मद्दत पुगेको उनले बताइन् । 

बैठकमा राष्ट्रियसभा सदस्य विष्णु बहादुर विश्वकर्माले सातामा दुई दिन सार्वजनिक बिदा दिइनुले के कति फाइदा वा नोक्सान भएको छ भन्दै प्रश्न गरेका थिए ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग नियमित प्रश्न उत्तरको कार्यक्रम राख्न विपक्षी दलले माग गरिरहेका बेला राष्ट्रियसभामा पनि प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित सांसदको प्रश्नको उत्तर कानून गौतमले दिएकी हुन् । 

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  ३ : ४१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित