युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग « Khabarhub

युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग


२९ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायतले युक्रेनको ऊर्जा र ताप प्रणालीमाथि भइरहेका रुसी आक्रमण रोक्न सहयोग पुर्‍याउने उद्देश्यले करोडौँ डलर बराबरको हवाई रक्षा प्याकेज घोषणा गरेको छ । बिहीबार गरिएको उक्त प्रतिबद्धताले युद्धग्रस्त युक्रेनको नागरिक पूर्वाधार जोगाउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बेलायती रक्षा मन्त्रालयका अनुसार करिब २० करोड डलर अमेरिकी हतियार खरिदका लागि खर्च गरिनेछ । यो व्यवस्था अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा समर्थित नाटो योजनाअन्तर्गत हुनेछ । 

यससँगै लन्डनले ५० करोड डलरभन्दा बढी मूल्यका एक हजार ब्रिटिस निर्मित हल्का मिसाइलहरू किएभ पठाउने निर्णय गरेको जनाएको छ ।

बेलायती रक्षामन्त्री जोन हेलीले युक्रेनका सहयोगी राष्ट्रहरू ‘पहिलेभन्दा बढी प्रतिबद्ध’ रहेको बताए । उनले रुसद्वारा सुरु गरिएको युद्ध पाँचौँ वर्षतर्फ अग्रसर भइरहेका बेला समर्थन झनै सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए ।

यो घोषणा नाटोका रक्षामन्त्रीहरूको ब्रसेल्स बैठकपछि आएको हो, जहाँ युक्रेनलाई कसरी थप सैन्य सहयोग गर्ने भन्ने विषयमा विस्तृत छलफल भएको थियो ।

रुसले युक्रेनको ऊर्जा संरचनामाथि तीव्र बमबारी गर्दै आएपछि चिसो जाडोका बीच विभिन्न क्षेत्रमा ताप र बिजुली आपूर्ति अवरुद्ध भएको छ । जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले यस अवस्थालाई ‘युक्रेनको नागरिक जनसङ्ख्यामाथिको आतंक’ का रूपमा चित्रण गरेका छन् । 

उनले आत्मरक्षाका लागि युक्रेनलाई थप समर्थन अनिवार्य भएको जोड दिएका छन् ।
 

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ५ : १७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित