बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत « Khabarhub

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत


२५ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले भोटेकोशीमा आएको बाढी तथा प्रलयबाट प्रभावित रसुवाका पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ।

कालिका गाउँपालिका–१, राम्चेका बाढीपीडित ७२ परिवारका लागि संकलन गरिएको राहत सामग्री फाउन्डेसनका अध्यक्ष अजयबाबु शिवाकोटीले वडा अध्यक्ष दावा तामाङलाई हस्तान्तरण गरेका हुन्। पीडित परिवारका आफन्तको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको थियो।

राहत सामग्री ग्रहण गर्दै वडा अध्यक्ष तामाङले विपद्को पीडामा रहेका नागरिकलाई सहयोग गर्न आएकोमा नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेप्रति धन्यवाद व्यक्त गरे। उनले पीडित परिवारको राहत तथा पुनःस्थापनाका लागि अन्य सहयोगी व्यक्ति तथा संस्थालाई समेत सहयोगको हात बढाउन आग्रह गरे।

फाउन्डेसनका अध्यक्ष शिवाकोटीका अनुसार सहयोगीहरूबाट प्राप्त रकम तथा फाउन्डेसनको आफ्नै कोषमा रहेको रकमबाट राहत सामग्री जुटाइएको हो। त्यसमा इनास यूकेले मायास्वरूप पठाएको सहयोगसमेत एकत्रित गरी ७२ पीडित परिवारलाई राहत वितरण गरिएको उनले बताए।

इनास यूकेका मनिष श्रेष्ठले विपद्बाट प्रभावित परिवारसँग प्रत्यक्ष रूपमा पुगेर सहयोग र आत्मीयता साट्ने उद्देश्यले पहिलो चरणमा रसुवा आइपुगेको बताए। पीडित परिवारलाई आवश्यक सहयोगका लागि आगामी दिनमा पनि आफूहरू निरन्तर सम्पर्कमा रहने उनको भनाइ छ।

भोटेकोशीमा आएको बाढी तथा प्रलयमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य अझै जारी छ। 

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ७ : ५५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित