किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी « Khabarhub

किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन् । महँगो मूल्यमा बिक्री हुने आसमा पाँच वर्ष अगाडि महिलाहरूले गाउँका बारीभरि किवी लगाए पनि अहिले बजार पाउन नसक्दा जुस बनाउन थालेका हुन् ।

उत्पादन बढी भए पनि बजार अभावमा लाखौँको किवी खेर जानबाट रोक्न जुस बनाउन सुरु गरेका हुन् । ताराखोला गाउँपालिका–३ स्थित हिलगाउँमा पँधेराखोला अस्तुरी कृषि समूहका महिलाले बारीमा लगाएको किवी लटरम्म फलेपछि उत्साहित थिए । 

तर, उत्पादनअनुसारको माग नआउँदा उनीहरू चिन्तित छन् । सामान्य मात्रामा नजिकको गलकोट, बागलुङलगायतका बजारमा पठाउने गरेको समूहकी सदस्य देउकुमारी रोकामगरले बताइन्।

दुई वर्ष अगाडिबाटै बारीमा लटरम्म किवी फल्न थालेको भन्दै बजारको समस्याले गर्दा आफूहरू मर्कामा पर्ने अवस्था रहेको उनले सुनाए । यस वर्षमात्रै एक हजार बढी बोतल जुस उत्पादन गरिसकेको उनको भनाइ छ । दुई सय ५० मिलीलिटर र आधा लिटरका बोतलमा जुस प्याकेजिङ गरेर अहिले बजारमा ल्याएको रोकामगरले बताइन्।

उनले भनिन्, ‘किवीको माग धेरै हुने र पैसा पनि राम्रो पर्छ भन्ने सुनेका थियौँ, धेरैले पनि राम्रो हुन्छ भन्नुभयो र बारीभरि किवी लगायौँ, तर अहिले सोचेजस्तो भएन, बजार पाउनै गाह्रो छ, पाए पनि उचित मूल्य पाउन सकेका छैनौँ, यस वर्ष जुस बनाउने भनेर सुरु गरेका छौँ, माग कस्तो आउँछ ?, परीक्षणमै छौँ, बजार पायो भने हाम्रो जीविकोपार्जनमा सहज हुने थियो ।’

समूहकी कोषाध्यक्ष भवी रोकामगरले अहिले सिङगुजी कृषि उपज प्रशोधन केन्द्रमार्फत किवीको जुस बनाउन लागिएको बताइन्। ताराखोला गाउँपालिकाले सात दिनको तालिम दिएपछि जुस उत्पादन गर्न थालेको उनको भनाइ छ । 

उत्पादनलाई बजारीकरण कसरी गर्ने भन्ने मुख्य चुनौती रहेको भन्दै स्थानीय सरकारले थप सघाउने पर्ने रोकामगरले सुनाए। अहिलेसम्म आफूहरूले दशौँ लाख लगानी गरिसकेका उनको भनाइ छ ।

स्वास्थ्यका लागि उपयोगी मानिने विकी जुस तयारी भएपछि बढीमा १८ महिनासम्म भण्डारण गर्न मिल्ने गरी प्राविधिक व्यवस्थापन गरिएको छ । 

गाउँपालिकाले तीन लाखमा जुस पेल्ने मेसिन दिएको अध्यक्ष धनबहादुर विकले बताए । ताराखोलामा किवीखेतीको ठूलो सम्भावना रहेकाले त्यसका लागि किसानलाई प्रोत्साहित गर्ने काम गर्दै आइरहेको उनको भनाइ छ।
 

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ६ : ५३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित