प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द « Khabarhub

प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द


२४ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन- बेलायतको हवाई यातायात व्यवस्थापन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण मंगलबार देशभर एक हजारभन्दा बढी उडान रद्द भएका छन्।

समस्याका कारण हजारौँ यात्रु प्रभावित भएका छन् भने विभिन्न विमानस्थलमा उडान ढिलाइ र पुनःतालिकीकरणको चाप बढेको छ।

बेलायतको राष्ट्रिय हवाई यातायात सेवा संस्थाले मंगलबार दिउँसो आफ्नो उडान व्यवस्थापन प्रणालीमा प्राविधिक समस्या देखिएको जनाएको थियो। प्रणालीमा समस्या आएपछि देशभरका विमानस्थलबाट हुने हवाई सेवा प्रभावित भएको थियो।

प्राविधिक समस्याको असर लन्डनको हिथ्रो, एडिनबर्ग र म्यानचेस्टरलगायत प्रमुख विमानस्थलमा समेत परेको थियो। उडान अनुगमनसम्बन्धी तथ्यांकका आधारमा मंगलबार रातिसम्म बेलायतका विभिन्न विमानस्थलबाट एक हजारभन्दा बढी उडान रद्द भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

राष्ट्रिय हवाई यातायात सेवा संस्थाले समस्या समाधानका लागि आवश्यक सुधार लागू गरिसकेको जनाएको छ। संस्थाका अनुसार प्रणालीमा देखिएको प्राविधिक समस्या पूर्ण रूपमा समाधान भइसकेको छ र हवाई सेवा सामान्य अवस्थामा फर्किएको छ।

यद्यपि, रद्द तथा ढिलाइ भएका उडानका कारण सिर्जना भएको बाँकी चाप व्यवस्थापन गर्न थप समय लागिरहेको संस्थाले जनाएको छ। प्रभावित यात्रु तथा उडानको व्यवस्थापन गर्न अधिकतम प्रयास भइरहेको पनि संस्थाले स्पष्ट पारेको छ।

उडान रद्द तथा ढिलाइका कारण विमानस्थलमा यात्रुको भीड बढेको छ भने एयरलाइन्सहरूले प्रभावित उडानलाई पुनःतालिकीकरण गर्ने काम गरिरहेका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  १ : २१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित