श्रमदानबाट मुस्याँडा खोलामा काठे पुल निर्माण « Khabarhub

श्रमदानबाट मुस्याँडा खोलामा काठे पुल निर्माण


२५ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्लाको दक्षिणी क्षेत्रस्थित चङ्खेली गाउँपालिका–५ नेप्का गाउँ नजिकको मुस्याँडा खोलामा स्थानीयवासीले श्रमदानमार्फत काठे पुल निर्माण गरेका छन्। सम्बन्धित निकायसँग पटकपटक झोलुङ्गे पुल निर्माणको माग गर्दा पनि सुनुवाइ नभएपछि गाउँले आफैं जुटेर पुल निर्माण गरेका हुन्।

नेप्का गाउँबाट करिब दुई घण्टाको दूरीमा रहेको मुस्याँडा खोलामा तीन दिनको श्रमदानपछि काठे पुल निर्माण सम्पन्न भएको स्थानीय जसबहादुर तामाङले जानकारी दिए। उनका अनुसार पुल निर्माणपछि शनिबारदेखि स्थानीयले सहज रूपमा आवतजावत गर्न थालेका छन्।

उक्त खोलामा पुल नहुँदा स्थानीयवासीले ज्यान जोखिममा राखेर वारपार गर्नुपर्ने बाध्यता थियो। साथै, चीनसँग जोडिएको व्यापारिक नाका टाँकेनाका पुग्न र आवश्यक सामग्री ओसारपसार गर्नसमेत कठिनाइ हुने गरेको स्थानीयको भनाइ छ।

‘टाँकेनाका नेपाल–चीन व्यापारिक नाका हो। पुल नहुँदा त्यहाँसम्म पुग्न निकै समस्या थियो,’ तामाङले भने। उनले गाउँपालिकासँग पटकपटक झोलुङ्गे पुल निर्माणका लागि आग्रह गरे पनि कुनै पहल नभएको बताए।

स्थानीयवासीका अनुसार वनजङ्गल, घाँसदाउरा र पशुचौपाय चरन क्षेत्र खोलापारि रहेकाले पुल अभावले दैनिक जीवन प्रभावित हुँदै आएको थियो। फलामे वा पक्की पुल निर्माणको अपेक्षा वर्षौंदेखि गरिए पनि सम्बन्धित निकायबाट आवश्यक पहल नहुँदा स्थानीय आफैं श्रमदानमा जुट्न बाध्य भएका हुन्।

पुल निर्माणका क्रममा गाउँलेले काठ बोकेर, डोरी तानेर तथा अन्य आवश्यक काममा श्रमदान गरेका थिए। विकासका आश्वासन धेरै सुनिए पनि पुल निर्माणका लागि बजेट सुनिश्चित हुन नसकेपछि स्थानीयको एकता र सक्रियताले काठे पुल निर्माण सम्भव भएको उनीहरूको भनाइ छ।

स्थानीयवासीले दीर्घकालीन समाधानका लागि मुस्याँडा खोलामा झोलुङ्गे वा पक्की पुल निर्माण गर्न सम्बन्धित निकायसँग पुनः माग गरेका छन्।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ६ : १० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित