चित्रपुरमा आँप महोत्सव : आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ « Khabarhub

चित्रपुरमा आँप महोत्सव : आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ


२५ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो साता आँप महोत्सव हुने भएको छ ।

स्थानीय उत्पादनको प्रवर्द्धन, कृषकको आयआर्जन वृद्धि तथा कृषि पर्यटनको विकास गर्ने उद्देश्य तीनदिने आँप मेला महोत्सव हुन लागेको हो ।

चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डको आयोजनामा आगामी असार ५ देखि ७ गतेसम्म हुने महोत्सवमा विभिन्न स्थानीय जातका आँप तथा आँपबाट तयार गरिएका परिकार राखिनेछ । 

महोत्सवका अवसरमा आगन्तुक तथा पर्यटकलाई आँप बगैँचा अवलोकन गराउने, विभिन्न जातका आँपबारे जानकारी दिने, रूखबाटै आँप टिप्ने अनुभव दिलाउने तथा आँपबाट बन्ने परिकारबारे जानकारी गराउने कार्यक्रम राखिएको छ । 

साथै इच्छुक आगन्तुकले शुल्क तिरेर बगैँचाबाटै ताजा आँप खरिद गर्न सक्नेछन् । आयोजकका प्रतिनिधि दीपेन्द्र सिंहका अनुसार महोत्सवमार्फत चित्रपुरलाई आँप उत्पादन केन्द्रका रूपमा चिनाउने, स्थानीय कृषकलाई बजारसँग जोड्ने तथा कृषि पर्यटनलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ। 

महोत्सव तयारीबारे जानकारी दिँदै आयोजक समितिका सदस्य प्रदीप महतोले स्थानीय कृषकले उत्पादन गरेका आँप तथा त्यसबाट निर्मित परिकारलाई एकै स्थानमा प्रदर्शन गरी उपभोक्ता र उत्पादकबीच प्रत्यक्ष सम्पर्क स्थापित गरिने बताए । 

उनका अनुसार महोत्सवले चित्रपुर क्षेत्रमा कृषि सम्भावना र स्थानीय उत्पादनलाई राष्ट्रियस्तरमा परिचित गराउन सहयोग पुग्नेछ । महोत्सवमा अचार, अमोट, आमिल, जुसलगायत आँपजन्य परिकारको प्रदर्शनी समेटिनेछ । पछिल्लो समय चित्रपुरका किसानको मुख्य आम्दानीको स्रोत आँपखेती बनेको छ । 

त्यस गाउँमा करिब ३०० बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायिक रूपमा आँपखेती गरिएको छ । त्यहाँका अधिकांश किसानसँग आफ्नै आँप बगैँचा रहेको छ । यहाँ उत्पादन हुने आँप धनुषासहित मधेस प्रदेशका विभिन्न जिल्लामा बिक्री हुँदै आएको छ । 

महोत्सवमा सहभागी हुने पर्यटकलाई आँप चखाउने मात्र नभए विद्यार्थीलाई विभिन्न जातका आँप चिनाउने, बगैँचामा भ्रमण गराउने तथा कृषि र फलफूल उत्पादनप्रति आकर्षित गर्ने उद्देश्य राखिएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिथिला नगरपालिकाको ढल्केबर र जमुनिबास क्षेत्रबाट करिब चार किलोमिटर दूरीमा रहेको चित्रपुर मधेस प्रदेशकै महत्वपूर्ण आँप उत्पादन क्षेत्रका रूपमा परिचित छ । यहाँको हावापानी र माटो आँपखेतीका लागि अनुकूल मानिने भएकाले वर्षेनि ठूलो परिमाणमा आँप उत्पादन हुँदै आएको छ ।

स्थानीय तह, कृषक तथा सरोकारवाला निकायको सहकार्यमा आयोजना हुने महोत्सवले त्यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र ग्रामीण पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।
 

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ५ : १८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित