आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट « Khabarhub

आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय संसद् दुवै सदनको अधिवेशन यही वैशाख २८ गते सोमबारदेखि सुरु हुँदैछ । 

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको अधिवेशन आगामी सोमबार दिउँसो २ः०० बजे सिंहदरबारमा बस्ने गरी आह्वान गरिसकेका छन् ।

सङ्घीय संसद्को नयाँ भवन निर्माण सम्पन्न नभएकाले यस पटक पनि प्रतिनिधिसभाको बैठक निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय कक्षमा हुनेछ । राष्ट्रियसभाको पनि यसअघिकै संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमा यो अधिवेशन सञ्चालन हुनेछ ।

नयाँ संसद् भवन निर्माणमा संलग्न ठेकेदार कम्पनीले आगामी जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने बेलासम्म प्रतिनिधिसभा कक्ष तयार गरी उपलब्ध गराउने मौखिक सूचना दिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । 

व्यवस्थितरुपमा नयाँ कक्षबाट बजेट प्रस्तुत गर्न पाइयोस् भनी संसद् सचिवालयले पनि अपेक्षा गरेको छ । निर्माणाधीन प्रतिनिधिसभा कक्षमा हाल रङरोगन, आन्तरिक सजावट तथा नवीनतम् उपकरण जडानलगायत प्राविधिक काम भइरहेको उनले बताए।

संसद्को यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम तथा राजस्वको आय–व्ययको विवरण (बजेट) प्रस्तुत हुनेछ । प्रि–बजेट छलफल, नीति तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयकमाथि छलफल हुनेछ । 

जनप्रतिनिधिको माथिल्लो निकायका रुपमा रहने संसद् अधिवेशनका क्रममा दैनिकजसो हुने आकस्मिक, शून्य र विशेष समय तथा प्रश्नोत्तर समयमा सदस्यहरूले समसामयिक विषय प्रवेश गराइ छलफलमा भाग लिनेछन् । 

अधिवेशनका क्रममा पछिल्लो समय जारी भएका अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक सभामा पेस भई अघि बढाइनेछ । सामान्यतया यसबीचमा जारी भएका अध्यादेश संसद्को पहिलो बैठक प्रस्तुत हुनेछ । 

पहिलो बैठक बसेको मितिले ६० दिनभित्र ती अध्यादेशको छिनोफानो हुनुपर्छ अन्यथा अध्यादेश स्वतः निस्क्रिय हुनेछन् ।  प्रतिनिधिसभामा हाल राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त तीन विधेयक छन् । 

वैकल्पिक विकास वित्त व्यवस्थापनसम्बन्धी विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता छ । राष्ट्रियसभामा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ विधेयक रहेको छ । त्यस्तै विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन र नियमावली मस्यौदा समितिको प्रतिवेदन पनि प्रतिनिधिसभामा थाँती छन् ।
 

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  १ : ११ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित