तीन सिट जितेर श्रम संस्कृति पार्टी पाचौँ स्थानमा, बन्ला राष्ट्रिय दल ? « Khabarhub

तीन सिट जितेर श्रम संस्कृति पार्टी पाचौँ स्थानमा, बन्ला राष्ट्रिय दल ?


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले तीन वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । यो पार्टीबाट सुनसरी-१ मा पार्टी अध्यक्ष हर्कराज राई विजयी भएका छन् । उनले ३४ हजार ७४१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले २७,२४९ मत ल्याइन् ।

तामाङ २०७९ को निर्वाचनमा नेकपा नेता अशोक राईसँग ४४६ मतले पराजित भएकी थिइन् । यस्तै २०७९ को निर्वाचनमा माओवादी केन्द्रका नेता सुदन किरातीले जितेको क्षेत्र भोजपुरबाट पनि धुर्वराज राईले संघ संस्कृति पार्टीबाट विजयी भएका छन् ।

उनले नेकपा एमालेका सचिव शेरधन राईलाई पराजित गरेका हुन् । ध्रुवले १६,६६३ मत ल्याउँदा शेरधनले १४,७५० मत ल्याए । यस्तै कोशी प्रदेशबाट नै श्रम संस्कृति पार्टीबाट आरेन राई विजयी भएका छन् । खोटाङ १ बाट आरेनले १६,६१२ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका देवविक्रम राईले १२७१४ मत ल्याए ।

आरेन युवा उम्मेदवार हुन्। कोशीबाट हर्क साम्पाङको पार्टीले उत्साहजनक नतिजा ल्याइरहेको देखिन्छ । समानुपातिकमा पनि श्रम संस्कृतिले आफ्नो मत बढाइरहेको छ । देशभरका १६५ औँ निर्वाचन क्षेत्रमध्ये यो पार्टीले १०९ क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्मको नतिजामा ११८ स्थान जितेर पहिलो पार्टी बन्दा नेपाली कांग्रेसले १७ ठाउँमा जितेर चित्त बुझाइरहेको छ ।

नेकपा एमालेले हालसम्ममा सात ठाउँ जितेको छ भने तीन ठाउँमा अग्रता कायम राखेको छ । नेपाल कम्युनिस्ट पार्टीले सात ठाउँमा जिताए एक ठाउँमा अग्रता कायम राखेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्ममा सात ठाउँमा अग्रता कायम राख्दा कांग्रेसले कुनै पनि ठाउँमा अग्रता राखेको छैन ।

श्रम संस्कृति पार्टीले तीन ठाउँ जित्दा अब कुनै पनि स्थानमा अग्रता लिएको नहुनाले अन्य ठाउँ जित्ने सम्भावना छैन । श्रम संस्कृति पार्टीले हालसम्मको नतिजा हेर्दा समानुपातिकमा ७१,५७१ मत ल्याएको छ । श्रम संस्कृति पार्टीको लहर हेर्दा कोशीका विभिन्न स्थानमा दोस्रो नम्बरमा देखिन्छ। देशभरि समानुपातिकको मत गणना जारी रहेकाले श्रम संस्कृति पार्टीले थ्रेसहोल्ड कटाउने सम्भावना जीवित रहेको देखिन्छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ४ : ५३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित