विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : महामन्त्री बुर्लाकोटी « Khabarhub

विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : महामन्त्री बुर्लाकोटी


२४ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विकास, सम्मृद्धि र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने बताएका छन् । रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उहाँले विकास निर्माणका सवालमा सबै राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्ने स्पष्ट पारे ।

“रास्वपालाई जनताले दिएको मत अरु पार्टीसँग पङ्गा खेल्न होइन”, महामन्त्री बुर्लाकोटीले भने, “सबै मिलेर काम गर्‍यौँ भने मात्र राम्रो नतिजा ल्याउन सकिन्छ ।” उनले गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालनमा ल्याउन पहल भइरहेको र त्यसका लागि अर्थ मन्त्रालयसँग आफूले पटक–पटक छलफल गरेको बताए ।

“गोरखकाली रबर उद्योगमा निजी क्षेत्रले लगानी गरेर अघि बढ्न सक्ने सम्भावना प्रवल छ”, उनले भने, “सरकारले चलाए पनि, सरकार र निजी क्षेत्र मिलेर चलाए पनि, उद्योग चल्नुपर्छ, सबै गाडीमा गोरखकाली रवर उद्योगको टायर हालेर गाडी गुडेको देख्न पाउनुपर्छ ।” त्यस्तै बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न आगामी आर्थिक वर्षका लागि केही बजेट विनियोजन भएको र आयोजनालाई अधिकार सम्पन्न प्राधिकरण गठन गरेर ठोस निर्णय गरी निर्माण अघि बढाउने महामन्त्री बुर्लाकोटीले बताए ।

राजनीति ठिक भएमात्र सबै क्षेत्र राम्रो हुने भन्दै त्यसका लागि सुधार गर्ने प्रयास सरकारले गरिरहेको उनको भनाइ छ । महामन्त्री बुर्लाकोटीले बाहिरबाट आउने ‘रेमिट्यान्स’ ले मात्र देशले आर्थिक समृद्धि हासिल हुन नसक्ने भएकाले देशभित्र उद्योग धन्दा खोल्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गरे । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट विकास, निर्माण र आर्थिक सम्बृद्धि हासिल गर्नेतर्फ केन्द्रित रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  ४ : १५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित