हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार « Khabarhub

हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेल्जियममा जन्मेका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको खोज तथा आइसक्यूब न्युट्रिनो वेधशालामा पुर्‍याएको योगदानका लागि यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन् । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले मङ्गलबार स्टकहोममा पुरस्कार घोषणा गरेको हो ।

८२ वर्षीय हालजेन अमेरिकाको विस्कन्सिन–म्याडिसन विश्वविद्यालयसँग आबद्ध छन् । उच्च–ऊर्जा न्युट्रिनो ब्रह्माण्डका अत्यन्त ऊर्जाशील स्रोतबाट आउने सूक्ष्म कण हुन् । उनको अनुसन्धान तथा आइसक्यूब न्युट्रिनो वेधशालामा पुर्‍याएको योगदानले यस्ता कणको खगोलीय मूल पहिचान र अध्ययनमा महत्त्वपूर्ण आधार तयार गरेको छ ।

यस वर्षको नोबेल पुरस्कारको रकम एक करोड २० लाख स्विडिस क्रोनर रहेको छ । यो रकम करिब १२ लाख अमेरिकी डलर बराबर हो । पुरस्कार एक जना व्यक्ति, केही पुरस्कार विजेताको समूह वा कुनै संस्थालाई प्रदान गर्न सकिने व्यवस्था छ । गत वर्ष तीन जना वैज्ञानिकले परमाणुभन्दा साना कणमा देखिने ‘क्वान्टम टनेलिङ’ नामक असामान्य घटनासम्बन्धी अनुसन्धानका लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए ।

उनीहरूको अनुसन्धानले एमआरआई उपकरणबाट अत्यन्त संवेदनशील मापन गर्न सकिने प्रविधिको विकासमा सहयोग पुर्‍याउनुका साथै अझ प्रभावकारी मोबाइल फोन र तीव्र गतिको कम्प्युटर विकासका लागि आधार तयार गरेको थियो । यस वर्षको नोबेल पुरस्कार घोषणा सोमबार चिकित्साशास्त्रतर्फको पुरस्कारबाट सुरु भएको हो ।

सो पुरस्कार तीन जना वैज्ञानिकलाई प्रदान गरिएको छ । उनीहरूको अनुसन्धानले मस्तिष्कले कसरी काम गर्छ भन्ने अध्ययनका लागि प्रकाशको प्रयोग गर्ने उपकरण विकास गर्न योगदान पुर्‍याएको छ ।

नोबेल पुरस्कारअन्तर्गत बिहीबार रसायनशास्त्र र साहित्यतर्फका पुरस्कार घोषणा गरिनेछ । शुक्रबार शान्तितर्फको पुरस्कार प्रदान गरिनेछ भने आगामी सोमबार आर्थिक विज्ञानतर्फको नोबेल स्मृति पुरस्कार घोषणा गरिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ४ : ३३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित