इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप « Khabarhub

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको हत्या गर्ने उद्देश्यले समन्वयात्मक आक्रमणको योजना बनाएको आरोपमा एक विश्वविद्यालयका प्राध्यापकविरुद्ध सोमबार अभियोग दायर गरिएको इजरायली सरकारी वकिलको कार्यालयले जनाएको छ ।

पेताह तिक्भा निवासी ६० वर्षको उमेर समूहका ती प्राध्यापकको पहिचान अदालतको आदेशका कारण गोप्य राखिएको छ । उनी तेल अभिभनजिकै रहेको बार–इलान विश्वविद्यालयमा गणितका प्राध्यापक हुन् ।

सरकारी वकिलका अनुसार राष्ट्रवादी विचारधाराबाट प्रेरित ती प्राध्यापकले विगत तीन वर्षमा उक्त योजना तयार पारेका थिए । उनलाई दुई साताअघि पक्राउ गरिएको थियो ।

अभियोगपत्रअनुसार उनले आफ्नो योजनालाई ‘एआइटी’ नाम दिएका थिए । यो हिब्रु भाषाको एउटा वाक्यांशको संक्षिप्त रूप हो, जसको अर्थ ‘जनताले विस्थापित गर्नेछन्’ भन्ने हुन्छ । सरकारी वकिलका अनुसार योजनाको उद्देश्य इजरायलका अरब नागरिकलाई जबर्जस्ती सामूहिक रूपमा विस्थापित गर्नु थियो ।

ती प्राध्यापकमाथि आतङ्कवादीकार्यको तयारी, धम्की दिएर जबर्जस्ती असुली र न्यायिक प्रक्रियामा अवरोध पु¥याएको आरोप लगाइएको छ । सरकारी वकिलले मुद्दाको फैसला नभएसम्म उनलाई हिरासतमा राख्न अदालतसमक्ष माग गरेका छन् ।

बार–इलान विश्वविद्यालयले विज्ञप्तिमार्फत घटनाको निन्दा गर्दै आरोपित प्राध्यापकलाई तत्काल निलम्बन गर्ने जनाएको छ । इजरायली अरब नागरिक सन् १९४८ को युद्धका क्रममा इजरायलमै बसेका प्यालेस्टिनीका सन्तान हुन् । उक्त युद्धपछि इजरायल राज्य स्थापना भएको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ८ : ३१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित