भोटेकोशी बाढी : रसुवामा ६६ वटा शव भेटियो « Khabarhub

भोटेकोशी बाढी : रसुवामा ६६ वटा शव भेटियो


१६ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूको ६६ वटा शव जिल्लाका विभिन्न स्थानमा फेला परेको छ । जिल्लाको बेत्रावतीमा दश, टिमुरेमा ५० र स्याफ्रुबेँसीमा छ वटा शव फेला परेको जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिए।

त्यसमध्ये छ वटा शव पहिचान भएको छ । फेला परेको शवलाई संकलन गरी धुन्चे ल्याउने तयारी गरिरहेको छ । बाढीमा परी बेपत्ता भइरहेका  अन्य व्यक्तिको खोजी भइरहेको उनको भनाइ छ ।
 
बाढीबाट प्रभावित ६०० भन्दा बढीको उद्धार गरिएको छ । बेत्रावती कैँदलटारबाट विस्थापित परिवारलाई काठमाडौँको तारकेश्वर नगरपालिकाअन्तर्गत शान्ति टोलका विभिन्न स्थानमा राखिएको छ ।
 
टिमुरे र स्याफ्रुबेँसीका विस्थापितलाई रानीवनस्थित पहेँलो गुम्बामा राखिएको छ । केही प्रभावितलाई धुन्चेस्थित टुर्कुछिलिङ गुम्बा र अन्यलाई दक्षिणी रसुवाको माझगाउँस्थित भीमसेन र शिवालय प्राविमा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

कैँदलटार क्षेत्रबाट विस्थापित भएका नागरिकको बालबालिकालाई पोषणयुक्त खाना र दूध एक गैरसरकारी संस्थाले प्रदान गरेको सहजकर्ता पाशु लामिछानेले जानकारी दिए ।
 
भोटेकोशी बाढीले पुल र सडक बगाउँदा रसुवाको पश्चिम क्षेत्र थोमन, चिलिमे, गोल्जुङ, हाकु, डाँडागाउँ, ठूलोगाउँलगायत बस्तीमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याइएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए । 

यस्तै लहरेपौवा, बेत्रावती, पहिराबेँसी, राम्चे, टिमुरेको खैदी, विर्दिङ, शेर्पा गाउँ, खाम्जिङ, स्याफ्रुसमेतका क्षेत्रमा पनि हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी भइरहेको छ।

बाढीसँगै विद्युत् सेवा अवरुद्ध भएपछि मोबाइल चार्ज गर्न गाडीमा जेनेरेटर राखी घुम्ती सेवाको माध्यमबाट रसुवा–नुवाकोट पर्यटन समाजले त्यसको व्यवस्था मिलाइएकामा हालसम्म ५०० भन्दा बढी स्थानीयले सेवा लिएको अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए ।
 
जिल्लाका अधिकांश क्षेत्रमा सञ्चार सम्पर्क पुनः सुरु भएको छ । विद्युत् आपूर्ति नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको बालाजुदेखि नुवाकोटको शिवपुरी, चौगडा, नर्जा, सरमथली, कालिकास्थान हुँदै धुन्चेसम्मको लाइन विस्तारको काम अघि बढाइएको छ ।

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  १२ : ५८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित