नवलपुरमा भेटिएका १५९ शव व्यवस्थापन « Khabarhub

नवलपुरमा भेटिएका १५९ शव व्यवस्थापन


१६ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नारायणी नदीमा भेटिएका शवमध्ये १५९ वटा शव व्यवस्थापन गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार जिल्लामा भेटिएका २१६ शवमध्ये हालसम्म १५९ वटा शवको व्यवस्थापन गरिएको हो । 

जिल्लाका विभिन्न अस्पतालमा राखी पहिचान हुन नसेका शवहरुको स्थानीय वनमा व्यवस्थापन गरिएको पण्डितले जानकारी दिए । पहिचान नभएका शवहरु कावासोती नगरपालिकाको ज्योतिकुञ्ज सामुदायिक वन र देवचुली नगरपालिकाको दिव्य मध्यवर्ती सामुदायिक वनमा जमिनमुनि गाडेर अस्थायी व्यवस्थापन गरिएको उनको भनाइ छ । 

जमिनमुनि व्यवस्थापन गरिएका शवमध्ये महिलाका २९, पुरुषका ४७, बालक र बालिकको सात-सात वटा तथा ६९ वटा मानव अङ्ग रहेका उनले बताए। जिल्लामा हालसम्म महिलाको ४७, पुरुषको ७३, बालकको ११ तथा बालिकाको १५ वटा शव फेला परेको छ । 

त्यस्तै खुट्टा, हात, छातीको भाग, शरीरको बायाँ भाग, पेटको भाग, टाउकाको भाग, कम्मरमाथिको भाग गरी ७० वटा मानव अङ्ग फेला परेको सूचना अधिकारी पण्डितले जानकारी दिए । 

जिल्लामा भेटिएकामध्ये १७ वटा शव पहिचान भएर आफन्तलाई प्रदान गरिएको छ । पहिचान भएका शवमध्ये मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका २४ वर्षीय सुमन गोले र ३६ वर्षीय उद्धव खड्का, गोरखा पालुङटार–५ की ४२ वर्षीया सुजाता कौडाल, ५१ वर्षीया कमला देवकोटा र ४० वर्षीय केदार पण्डित, चितवनको माडी–७ का २८ वर्षीय विमल काफ्ले, अर्घाखाँचीको पाणिनी–७ का ४५ वर्षीय नारायणबहादुर थापा र नवलपरासी ९बर्दघाट–सुस्तापश्चित०को सुस्ता–१ का ३७ वर्षीय यादव भण्डारीको पण्डितले बताए । 

त्यस्तै, धादिङ खनियावास–५ का ४२ वर्षीय संजोग घर्तीमगर, नुवाकोटको बिदुर–७ की ५६ वर्षीया शारदा ढकाल, वडा नम्बर ८ का २८ वर्षीय विशाल आलेमगर र वडा नम्बर १० का पाँच वर्षीय बालक प्रतिन्स तामाङ, सप्तरी खड्क–५ का २८ वर्षीय सन्तोष चौधरी, काभ्रे पाँचखाल–६ का ४६ वर्षीय डिगबहादुर कायस्थ, काठमाडौँ बौद्धका ३४ वर्षीय राजु सुनार र रसुवाको आमाछोदिङमो–३ की ३४ वर्षीया हीमा लोप्चन र सिन्धुपाल्चोक जुगल–५ का २१ वर्षीय वीरबहादुर श्रेष्ठको पहिचान खुलेको उनले बताए। 

पहिचान खुलेका शवको सबै प्रकृया पूरा गरी परिवारलाई हस्तान्तरण गरिएको उनको भनाइ छ । परिवारको जिम्मा लगाइएका शवमध्ये प्रहरी कार्यालयमा तस्बिर हेरेर, घटनास्थलमै आफन्त पुगेर, वेबसाइटमार्फत तस्बिर हेरेर तथा हातको पाखुरामा खोपिएको ट्याटुबाट आफन्तहरूले पहिचान गरेका प्रहरी नायब उपरीक्षक पण्डितले बताए। 

जिल्लामा भेटिएकामध्ये ४० वटा शवको व्यवस्थापन गर्न बाँकी रहेको पण्डितको भनाइ छ । उनका अनुसार व्यवस्थापन हुन बाँकी रहेका शवमध्ये १४ महिला, १४ पुरुष, तीन बालक, आठ बालिकाको तथा एउटा मानव अङ्ग रहेको छ । 
 

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  १२ : ४४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित