एमालेको निष्कर्ष- ज्ञानेन्द्र शाहले फागुन ७ मा उकासेका राजावादीको मनोबल खस्किस्यो « Khabarhub

एमालेको निष्कर्ष- ज्ञानेन्द्र शाहले फागुन ७ मा उकासेका राजावादीको मनोबल खस्किस्यो


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेले पछिल्लो समय पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको निष्कर्ष निकालेको छ ।

साउन ५ देखि ७ गतेसम्म चलेको नवौँ केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीले सोमबार राति जारी गरेको अन्तरपार्टी निर्देशिकामा उक्त कुरा उल्लेख गरेका छन् ।

पछिल्लो समय राजावादीका नाममा लोकतान्त्रिक गणतन्त्र र संविधानविरुद्ध प्रतिगामी हमला भइरहेको भन्दै एमालेले ती समूहलाई गम्भीर चेतावनी दिएको छ।

निर्देशनमा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा २०८१ फागुन ७ गते दिएको अभिव्यक्तिलाई लोकतान्त्रिक गणतन्त्रविरुद्धको खुला चुनौतीको रूपमा व्याख्या गरेका छन् । त्यसपछि राजावादी शक्तिहरूले संविधान र वर्तमान व्यवस्थामाथि योजनाबद्ध रूपमा आक्रमण गरिरहेको निष्कर्ष एमालेले निकालेको छ।

राजावादी हर्कतको प्रतिवाद

२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहद्वारा गरिएको हिंसात्मक घटनालाई एमालेले ‘हत्या, हिंसा, आगजनी र लुटपाटका जघन्य अपराध’को संज्ञा दिएको छ।

घटनापछि एमालेले देशभर जनप्रदर्शन, मोटरसाइकल र्‍याली र जनसभाहरू आयोजना गर्दै उक्त प्रतिगमनको प्रयासविरुद्ध सशक्त सन्देश दिएको दाबी अपानिमा गरिएको छ।

त्यसबेला सातै प्रदेशका केन्द्रमा गरिएको जनसभा र काठमाडौं उपत्यकामा आयोजना गरिएका कार्यक्रमहरूले ‘प्रतिक्रियावादीहरूको मनोबल खस्काउने’ काम गरेको निचोड पनि एमालेको छ।

‘सडकमा गयो’ भन्नेलाई जवाफ

एमालेले सत्तामा रहँदासमेत सडकमा उत्रिएको भनेर लगाइएको आरोपको पनि जवाफ दिएको छ । ‘लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि हाम्रो प्रतिवद्धता दृढ छ। त्यसको सशक्त सन्देश जनतामा पुर्‍याउन सडक आन्दोलन आवश्यक थियो’, उसले अपानिमा भनेको छ।

२०८२ वैशाख ११ लोकतन्त्र दिवसका दिन युवाहरूलाई सडकमा उतारेर राजावादीको मनोबल गिराएको दाबी पनि एमालेको छ ।

‘त्यो जनताले जितेको ऐतिहासिक दिन’ को अवसरमा आयोजित ‘युवा सेलिब्रेसन’ कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवालाई प्रमुख वक्ता र आयोजक बनाएको अपानिमा उल्लेख छ । एमालेले त्यस कार्यक्रममार्फत् युवामाझ आफ्नो प्रभाव विस्तार गर्न सफल भएको दाबी गरेको छ।

जेठ १५ (गणतन्त्र दिवस) मा राजावादीहरूले अनिश्चितकालीन आन्दोलन घोषणा गरेपछि एमालेले जवाफस्वरूप देशव्यापी जनस्तरीय कार्यक्रम सञ्चालन गरेको पनि जनाएको छ ।

‘काठमाडौं उपत्यकामा साँस्कृतिक झाँकी र विशेष कार्यक्रम आयोजना गरिएको थियो’, अपानिमा भनिएको छ, ‘जसले प्रतिगमनकारी आन्दोलनलाई ‘निस्प्रभावी’ बनाएको थियो ।’

एमालेले लोकतान्त्रिक गणतन्त्रविरुद्ध फेरि कुनै अवाञ्छित गतिविधि नहोस् भन्ने सुनिश्चित गर्न पार्टीपंक्ति पूर्ण रूपमा सजग हुनुपर्ने पनि जनाएको छ।

एमालेले राजावादी आन्दोलनको आवरणमा लोकतान्त्रिक व्यवस्थामाथि भइरहेका आक्रमणहरूलाई प्रतिगमनको सङ्केत भनेको छ । त्यसविरुद्ध जनस्तरमा व्यापक प्रतिवाद नै एकमात्रै प्रभावकारी उपाय रहेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ७ : ०२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित