फ्रान्समा समुद्र तट र पार्कमा धूम्रपान निषेध  « Khabarhub

फ्रान्समा समुद्र तट र पार्कमा धूम्रपान निषेध 


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्सको समुद्र किनार वा सार्वजनिक पार्कमा धूम्रपान गर्न रोक लगाइएको छ । 

बालबालिकालाई निष्क्रिय धूम्रपानको खतराबाट जोगाउने उद्देश्यले आइतबारदेखि नयाँ नियमअन्तर्गत यो कानुन लागु हुनेछ र उल्लङ्घन गर्ने जोकोहीलाई कानुनी कारबाही हुनेछ । 

शनिबार सरकारी राजपत्रमा प्रकाशित भएको एक दिनपछि लागू हुन लागेको प्रतिबन्धका कारण पुस्तकालय, स्विमिङ पुल र विद्यालय आसपासका बस स्टप र क्षेत्रहरू पनि प्रभावित हुनेछन् ।

समुन्द्री किनारमा बालबालिकालाई धूम्रपानको प्रभावबाट जोगाउन फ्रान्समा विद्यालय बिदा सुरु हुनुभन्दा एक साताअघि नै यो नियम लागू गरिएको छ ।

प्रतिबन्धको निर्णयबाट खुशी बनेका तम्बाकू विरोधी अभियन्ताहरूले सरकारको प्रतिबन्धले बार र रेस्टुरेन्टका छतहरूलाई नसमेटेकोमा भने चिन्ता व्यक्त गरेका छन् । विद्युतीय चुरोटमा पनि प्रतिबन्ध नलाग्दा उनीहरू दुःखी छन् ।

स्वास्थ्य मन्त्रालयले यसअघि नै घोषणा गरेपछि सुरुमा यो नियम मंगलबारदेखि लागू हुने अपेक्षा गरिएको थियो तर राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा लैजान यसलाई आइतबारका लागि सारिएको थियो ।

नयाँ नियमअनुसार  विद्यालय, स्विमिङ पुल, पुस्तकालय र अन्य स्थानको १० मिटरको परिधिभित्र धूम्रपान गर्न पाइनेछैन । 

स्वास्थ्य मन्त्रालयले आगामी दिनमा यी क्षेत्रमा धूम्रपानका लागि न्यूनतम दूरी घोषणा गर्नुका साथै त्यस्ता क्षेत्र तोक्न प्रयोग गरिएको सङ्केत समेत सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिबन्धको उल्लङ्घन गर्नेलाई १३५ युरो (१६० अमेरिकी डलर) देखि अधिकतम ७०० युरोसम्म जरिवाना हुन सक्छ । यद्यपि स्वास्थ्य मन्त्रालयले नयाँ नियमहरू व्याख्या गरिएकाले प्रारम्भिक थप समयको अपेक्षा गरेको छ ।

स्वास्थ्य तथा परिवारमन्त्री क्याथरिन वुट्रिनले भनिन्, ‘पार्क,समुद्र तट, विद्यालयजस्ता बालबालिका भएको ठाउँबाट सुर्तीजन्य पदार्थको प्रयोगलाई प्रतिबन्ध लगाउनुपर्छ । यी खेल्ने, सिक्ने र स्वस्थ जीवनका लागि स्वस्थ श्वासप्रश्वास प्राप्त हुने धेरै बालबालिका जमघट हुने स्थानहरू हुन् धूम्रपानका लागि होइन ।’

फ्रान्सले सन् २०३२ देखि यो ‘सुर्तीजन्य पदार्थमुक्त पुस्ता’को विकास गर्न चालेको महत्त्वपूर्ण कदम भएको उनले बताइन् । –रासस

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  १ : ०० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित