मन्थली जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगर « Khabarhub

मन्थली जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगर


१२ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मन्थली– रामेछापको मन्थली नगरपालिका जिल्लाको पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । यहाँ आयोजित एक समारोहकाबीच बागमती प्रदेशका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादेले मन्थलीलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेका हुन् ।  

मुख्यमन्त्रीको कार्यालय बागमती प्रदेशले गरेको अनुगमनमा यससँग सम्बन्धित ५१ वटा सूचक पूरा भएको पाएकाले मन्थलीलाई बालमैत्री स्थानीय शासनयुक्त नगर भएको घोषणा गरिएको प्रदेशका सामाजिक विकासमन्त्री बादेले बताए। 

नौ हजार ५९० परिवार, ५३  हजार ९९३ जनसङ्ख्या रहेको यो नगरमा १५ हजार ११७ जना १८ वर्षमुनिका बालबालिका छन् । उनीहरूको हकहितका लागि बाल बचाउका १४, बाल संरक्षणका १०, बाल विकास र बाल सहभागिताका छ-छ र संस्थागत विकासका १५ वटा गरी ५१ वटा सूचक पूरा भएपछि प्रदेश सरकारले मन्थलीलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेको उनले जानकारी दिए । 

चौध वटा वडा रहेको यस नगरमा ६६ वटा सामुदायिक विद्यालय, छ वटा संस्थागत विद्यालय छन् भने ८० वटा बालविकास केन्द्र, नौ वटा सामुदायिक सिकाइ केन्द्र, एक-एक वटा प्राविधिक शिक्षालय,  सामुदायिक क्याम्पस र विशेष शिक्षा स्रोत कक्षा सञ्चालनमा रहेका मन्त्री बादेले उल्लेख गरे। 

त्यसैगरी ३० वटा स्वास्थ्य संस्था क्रियाशील हुनुका साथै नगरभित्र दुई सय बाल समूह, चौध वडा र एउटा नगर बाल सञ्जाल, ५२ वटा किशोरी समूह, चौध वडास्तरीय किशोरी समूह र एउटा नगरस्तरीय किशोरी वृत्तमार्फत तीन हजार ९६९ बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको मन्थली नगरप्रमुख लव श्रेष्ठले बताए। 

कार्यक्रममा मन्त्री बादेले सभ्य समाज निर्माणका लागि बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्न आवश्यक रहेको बताए । अब प्रदेशका सबै पालिकाले छिटो भन्दा छिटो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्नुपर्नेमा उनले जोड दिए। उनले मन्थली नगर जिल्लाको पहिलो, प्रदेशको एघारौँ र देशभर सत्ताइसौँ स्थानमा परेको जानकारी दिए।

मन्त्री बादेले प्रदेश सरकारले विसं २०८७ सम्म सबै स्थानीय तहलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिनुपर्ने नीति ल्याएकामा मन्थली नगर ११औँ बालमैत्री स्थानीय शासनयक्त नगर घोषणा भएको धारणा राखे । 

मन्थली नगरप्रमुख श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । समारोहअघि वडा नं १, २ र ३ को मन्थली सहिदस्मृति बहुमुखी क्याम्पसबाट, वडा नं ४, ५ र ६ को मन्थलीस्थित भैँसेश्वर चोकबाट र वडा नं ७ बाट १४ सम्म गाईखुरामा रहेको पक्की पुलबाट विभिन्न झाँकी र बजागाजासहित र्‍याली निकालेर मन्थलीस्थित तीनलाल पार्कमा पुगेर सभामा परिणत भएको थियो । 

बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेपछि आफू जस्ता बालबालिकाको हक अधिकार सुनिश्चित हुने बाल क्लब सञ्जालकी श्रेया कार्कीले बताए। दुई वटा नगरपालिका रहेको यस जिल्लाको रामेछाप नगरले पनि बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाका लागि अन्तिम तयारी पूरा गरेको रामेछाप नगरप्रमुख लवश्री न्यौपानेले बताए। 
 

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  २ : ४९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित