वर्तमान सरकार जनताको मतबाट आएको हैन : ओली « Khabarhub

वर्तमान सरकार जनताको मतबाट आएको हैन : ओली


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार जनताको मतबाट आएको सरकार नभएको बताएका छन् । 

बिहीबार भक्तपुरमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकारलाई आफूले बोलेका कुरा र गरेका काम बाहिर जनताको सामु ल्याउन चुनौती दिए। 

‘मैले भनेका कुराहरू सो सरकारले हिम्मतका साथ जनतामा पुर्‍याओस्, बाहिर ल्याओस्’, उनले भने। 

उनले आफूले कहिल्यै छलछाम र षड्यन्त्र गरेको बताए।

 ‘जेन-जी सरकार भनिने अहिलेको सरकार जो–संवैधानिक बाटोबाट, जनताको अभिमतबाट बनेको होइन, यो तोडफोड र आगजनीको माध्यमबाट बनेको हो’, उनले भने। 

उनले यो हा हुको सरकारलाई देश जिम्मा लगाएर आफू बाहिर नभाग्ने बताए। आफूहरूले फेरी पनि देशलाई सुशासन र विकासको बाटोमा अघि बढाउने ओलीले बताए ।  

सरकारको कर्तव्य नागरिकलाई सुरक्षा दिनु नै भएको भन्दै आफूलाई लक्षित धम्कीपूर्ण गतिविधि भइरहे पनि सरकारले उदासीनता देखाएको आरोप लगाए। 

सामाजिक सञ्जालमार्फत आफ्नै निजी घरको लोकेसन सार्वजनिक गरी ‘घर घेर्न जाऔँ’ भन्ने जस्ता गतिविधि भइरहे पनि सरकारले कुनै पहल नगरेकोप्रति असन्तुष्टि व्यक्त गरे। ‘अहिले तपाईँहरूले सामाजिक सञ्जालमा हेर्नुभएको होला, केपी ओलीको घर लोकेट गरेर घर घेर्न जाऔँ भनेर देखाइएको छ, घर तोकिएको छ, सरकार के हेरेर बसेको छ ?’

अध्यक्ष ओलीले सरकारले सुविधा, गाडी, पासपोर्ट रोक्ने लगायतका मुद्दा चलाउने कुरा गरिरहेको तर कर्तव्यबोध नगरेको बताए।

 ‘सरकारले सुविधा फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु, यिनीहरूमाथि मुद्दा चलाउँछु भनेको छ, तर सरकारको कर्तव्य के हुन्छ कि हुँदैन रु सरकारमा हुनेहरूले सुविधा चाहिएन, सुरक्षा दिन पर्छ कि पर्दैन ?’, उनले भने। 

उनले असुरक्षाको वातावरण सिर्जना गरेर अहिले सत्ता कब्जा गरिएको बताए। ‘असुरक्षाको माध्यमबाट सरकारमा पुग्ने, आतङ्क फिँजाएर सरकारमा पुग्ने, अनि अरूलाई सुरक्षा दिन्नँ भन्ने ?’, उनले प्रश्न गरे। 

अध्यक्ष ओलीले जीवन र राजनीति दुवैमा परिस्थितिहरू स्थायी नहुने उल्लेख गर्दै आशावादी सबैलाई आग्रह गरे । ‘म भन्न चाहन्छु, मौसम पनि सधैँ एकनासका रहँदैनन्, फेरि वसन्त आउँछ, झरी बादलको समय आयो भने फेरि शरद ऋतु आउँछ’, उनले भने। 

ओलीले जेनजीको नाममा केही युवालाई गुमराहमा पारेर उद्योगहरूमा आगो लगाउने, सम्पदाहरू जलाउने, प्रहरी मार्ने र लुटपाट मच्चाउने काम भएको बताए।

 ‘के खरानी माथि बसेर सुखी हुन सक्नु हुन्छ तपाईँ भविष्यमा ?’, उनले भने। 

उहाँले अहिले पत्रकारिता पनि फिक्सनमा चल्ने गरेको बताए। पत्रकारले कथा रची रची कसैको चरित्र हत्या गर्ने काम गरेका ओलीको भनाई छ । पत्रकार उनीहरूका छोरा छोरी पनि यही देशमा बाँच्नु पर्ने उनले स्मरण गराए। 

नेपालको नयाँ पुस्ताले सिंहदरबार, संसद्, अदालत, होटेल, उद्योगमा आगो लगाउनै नसक्ने उनले दाबी गरे। जनेजी यस दोषबाट मुक्त हुनु पर्नेमा उहाँले जोड दिए । जेन-जी आन्दोलनको नाममा प्रहरीको ब्यारिकेट तोड्ने काम गरिएको उनले बताए। 

प्रहरीको ब्यारिकेट तोडिने बित्तिकै जेनजीले आन्दोलनकारीलाई घर फर्कन आग्रह गरेको भन्दै उनले भदौ २३ गते बानेश्वरको घटनामा जेनजीको हात नभएको स्पष्ट पारे। केही युवालाई घेरा हालेर बानेश्वर लगी घटना घटाइएको ओलीको भनाइ छ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ३ : २९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित