मुख्यमन्त्रीको निर्देशन नटेर्ने डाक्टर उमेश जयसवाल पक्राउ « Khabarhub

मुख्यमन्त्रीको निर्देशन नटेर्ने डाक्टर उमेश जयसवाल पक्राउ


१२ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 रौतहट– मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशनलाई अटेरी गर्दै आएका रौतहटको शिवनगरस्थित आनन्द हस्पिटल तथा अक्युपञ्चर सञ्चालक कथित डाक्टर उमेश प्रसाद जयसवाल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा इलाका प्रहरी कार्यालय शिवनगरका प्रमुख सई बब्लुकान्त झाको नेतृत्वमा गएको टोलीले उनलाई उनको हस्पिटलबाट केही बेर अघि पक्राउ गरेको हो ।

पक्राउ परेका कथित डाक्टर जयसवाललाई तत्कालै आवश्यक कारवाहीको लागि प्रहरीकै गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय गौर तर्फ पठाइएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन् । हस्पिटल सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धानपछि उचित कार्यवाही गरिने एसपी घिमिरेले जानकारी दिएका छन्।

मुख्यमन्त्री सिंहले दुईसाता अघि अनुगमनको क्रममा आनन्द हस्पिटल  मापदण्ड विपरीत हस्पिटल सञ्चालनमा रहेको पाइएपछि  बन्द गर्न निर्देशन दिएका थिए । मापदण्ड पुरा गरेपछि मात्र हस्पिटल सञ्चालन गर्ने भनी मुख्यमन्त्री सिंहले दिएको निर्देशनलाई आनन्द हस्पिटल शिवनगरका सञ्चालक उमेश प्रसादले अटेरी गरी निर्बाध रुपमा हस्पिटल सञ्चालन गर्दै आएका थिए।

नियमानुसार व्यवस्थापन नहुन्जेलसम्म पुरानो बिरामीलाई अन्य हस्पिटलमा राखेर उपचार गर्ने तथा आनन्द हस्पिटलले उपचार खर्च दिनुपर्ने हुन्छ। तर, त्यसको विपरित कथित डाक्टर जयसवालले पुरानो बिरामीको आफ्नै हस्पिटलमा उपचार गर्नुका साथै नयाँ बिरामीलाई समेत त्यसै हस्पिटलमा भर्ना गरी उपचारको नाउँमा लुट मच्चाउँदै आएको प्रत्यक्षदर्शीले बताएका छन् ।

पछिल्लो दुई दशक देखि उमेश प्रसादले अवैध हस्पिटल सञ्चालन गरी लकवा प्यारालाइसिस रोगको उपचारको नाउँमा खुलेयाम लुट मच्चाउँदै आएका छन्। मुख्यमन्त्री सिंहले गरेको अनुगमनको क्रममा शिवनगर, गरुडा, र चन्द्रपुरमा मापदण्ड विपरित सञ्चालनमा रहेको डेढ दर्जन हस्पिटल तत्काल बन्द गर्न निर्देशन दिएका थिए।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ३ : ४६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित