लौका बेचर राम्रो आम्दानी « Khabarhub

लौका बेचर राम्रो आम्दानी


११ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – जिल्लाको चुलाचुली गाउँपालिका-२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक ४० हजार आम्दानी गर्दै आएकी छन्। कृषि पेसाबाट केही हुँदैन भन्नेका लागि उनी परिवार र समाज समृद्ध बन्नसक्ने उदाहरणीय पात्र बनेकी छन्।

भण्डारी बिहान सबेरैदेखि तरकारी बारीमा पुग्छिन्। दिउँसो उत्पादित वस्तु बजार लैजाने, बेच्ने र बेलुका पुनः करेसाबारीमा खटिने उनको दैनिकी हो। सिजनमा मात्रै तरकारी र फलफूल उत्पादन हुने बताउँदै उनले बेमौसमी तरकारीखेती गर्नसके मनग्ये आम्दानी गर्न सकिने धारणा राखेकी छन्।

भण्डारीले १० बिघा जमिनमा विभिन्न कृषिउपजको खेती गरेको बताइन्। बारीमा अधिकांश समय लौका हुने उनको भनाइ छ। गत असोजदेखि उत्पादन सुरु भएको लौका अहिलेसम्म बिक्री भइरहेको छ। सुरुमा प्रतिलौका १७० बिक्री जनाउँदै उनले अहिले भने ५० मा बिक्री हुने बताइनर।

उत्पादित कृषिउपज झापाको दमकमा लगेर बिक्री गर्छिन्। करिब सात किलोमिटरमा पर्ने यो बजारमा उनी दैनिकजसो पुग्छिन्।।

लौका बेचेरै छोरा बुहारीलाई जापान पठाउन लिएको ऋण १५ लाख तिरिसक्न लागेको उनको भनाइ छ।

लौकाबाहेक स्थानीय कुरिलो, बोडी, मुन्टा, अन्य तरकारी र मेवा उत्पादन भइरहेको भण्डारीले बताउनुभयो। घरमा दही जमाएर मोही र नौनी घिउ पनि बिक्री गर्ने गरेको बताउँदै उनले आफ्नो उत्पादनसँगै गाउँमा उत्पादित वस्तु पनि उनी बजार लगेर बिक्री गर्छिन्।

भण्डारीले १७ वर्षअघिदेखि यो पेसालाई निरन्तर दिँदै अहिले व्यावसायिक तरकारीखेतीमा संलग्न भएको बताइन्। हालै स्थानीय निकायबाट अनुदानका कार्यक्रममा सहभागी भएको उनले जानकारी दिइन्।

दीपज्योति कृषि फार्म सञ्चालन गरेकी भण्डारीले मौसमीभन्दा बेमौसमी तरकारीखेतीले प्रशस्त आम्दानी हुने अनुभव सुनाएकी छन्। कृषिमा अग्र्यानिक उत्पादनमा गर्नुपर्नेमा जोड दिँदै उनले घर भएका गाई र बाख्राको मल प्रयोग गर्ने गरेको जानकारी दिइन्।

आफूले १० जनालाई रोजगारी दिएको जनाउँदै भण्डारीले कतिपयलाई घण्टाका आधारमा र कतिपयलाई दैनिक ज्यालादारीमा कामदार राखेको बताइन्।

एउटै लौकाको पाँच हजार

भण्डारीले एउटै लौकाबाटपाँचदेखि सात हजारसम्म आम्दानी गरेको अनुभव सुनाएकी छन्। लौका तरकारीका रूपमा बेच्दा दुई सयसम्म परे पनि यसको बीउबाट बढी फाइदा लिन सकिने उनले बताइन। ५० को तीन वटा बीउ घरबाट बिक्री हुने उनको भनाइ छ।

‘ध्वाँसे र घिउ लौका बजारमा बढी माग हुन्छ। यसको बजारीकरणमा समस्या छैन। ठूलो दाना भएको लौकामा बढी बीउ हुने भएकाले मूल्य साट्ने पनि गर्छौँ। सानो दानामा कम बीउ हुँदा कम मूल्य पर्दछ। लौकाको बीउका साथै बोडी, काँक्रा, सिमीलगायत तरकारीको बीउ पनि उत्तिकै बिक्री हुन्छ’, भण्डारीले भनिन्।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ७ : ४१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित