किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरी नियन्त्रणमा « Khabarhub

किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरी नियन्त्रणमा


९ जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला – महालेखापरीक्षकको कार्यालयअन्तर्गत लेखा परीक्षणका लागि सञ्चालन गरिएको नेपाल लेखा व्यवस्थापन प्रणालीलाई छलेर किर्ते गरेको आरोपमा यहाँको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा महालेखापरीक्षकको कार्यालयले गरेको लेखा परीक्षणमा लेखापाल भट्टले रु दुई लाख राजस्व दाखिला नगरेको आरोपमा किर्ते मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

महालेखापरीक्षक तोयम रायाले लेखापाल भट्टमाथि उक्त विषयमा अनुसन्धान गर्न महालेखापरीक्षकको कार्यालयअन्तर्गत सुदूरपश्चिम प्रदेश हेर्न शाखालाई निर्देशन दिएकोमा शाखाले नेपाल सरकार गृह मन्त्रालय, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीको कार्यालय, प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालय दार्चुलामा पत्राचार गरेको शाखाका उपसचिव पशुपति काफ्लेले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको निर्देशनमा दुहुँ गाउँपालिकाका लेखापाल भट्टलाई बुधबार सदरमुकाम खलङ्गाबाट पक्राउ गरी मुलुकी फौजदारी ऐनअन्तर्गत मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरीका सूचना अधिकारी छत्र रावतले जानकारी दिए ।

लेखापाल भट्टले आर्थिक वर्ष २०८०र८१ को समपरीक्षणका लागि २०८१ मङ्सिरमा लेखा व्यवस्थापन प्रणालीबाट राजस्व दाखिला भौचर बनाएर अपलोड गरी पैसा नबुझाएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

लेखापाल भट्टले अपलोड गरेको रु दुई लाखको भौचरबाट कुनै पनि रकम जम्मा नभएको देखिएपछि अनुसन्धान गर्न उहाँलाई पक्राउ गरिएको बताइएको छ । राजस्व रकम दाखिला नभएको बारे कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाले दुहुँ गाउँपालिकालाई पत्रचार गरेपछि लेखापाल भट्टले पाँच महिनापछि गत चैत १९ गते मात्रै उक्त रकम ९दुई लाख० दाखिला गरेका थिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  १० : ४६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित