नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परे रास्वपा नेता कँडेल « Khabarhub

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परे रास्वपा नेता कँडेल


६ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली शैक्षिक प्रमाण पत्र बनाएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एकजना नेता पक्राउ परेका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ बेलहिया बसपार्कस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका भारतीय नागरिक २५ वर्षीय अभिषेक यादवको बयानका आधारमा लुकेर बसेको अवस्थामा रास्वपा नेता हरिप्रसाद कँडेल समातिएका हुन् ।

भारत कानपुरका यादवले चितवनको कालिका नगरपालिका वडा नं. ५ बस्ने ५० वर्षीय कँडेलेकै योजनामा नक्कली शैक्षिक प्रमाणपत्र, ट्रान्सक्रिप्ट, होलमार्क, भिसा स्टिकर लगायतका कागजात बनाउने गरेको बयान रुपन्देही प्रहरीलाई दिएका थिए ।

प्रहरीले यादवबाट त्रिभुवन विश्वविद्यालयका एक सयवटा ट्रान्सक्रिप्ट र ३६ वटा खाली प्रमाणपत्र बरामद गरेको छ । अन्य विभिन्न शैक्षिक संस्थाका तीवटा नक्कली र पाँचवटा स्ट्याम्प प्याड, त्रिभुवन विश्वविद्यालयको चार हजार ४० थान रहेको २१ बन्डल होलोग्राम पनि बरामद भएको छ ।

उच्च माध्यमिक शिक्षा परिषद्को दुई हजार थान रहेको १९ प्याकेट होलोग्राम, राष्ट्रिय परीक्षा बोर्डको १ हजार ७ सय थान रहेको १७ प्याकेट होलो ग्राम र स्टिकर पनि प्रहरीले यादवबाट बरामद गरेको छ ।

भारतको एमिटी विश्वविद्यालयका ८० वटा नक्कली मार्कसिट पनि बरामद भएका छन् । ४० वटा प्रोभिजनल सर्टिफिकेट, ६० वटा चारित्रिक प्रमाणपत्र, ४९ वटा अन्य खाली प्रमाणपत्र र ४० वटा खाली लोगो पन बरामद भएका छन् ।

जवाहरलाल नेहरू टेक्निकल युनिभर्सिटी हैदरावाद, छत्रपति शिवाजी महाराज युनिभर्सिटी कानपुर, असम उच्च माध्यमिक शिक्षा परिषद्, कुरुक्षेत्र विश्वविद्यालय, आन्द्र विश्वविद्यालयसहितका शैक्षिक संस्थाका सयौँ नक्कली स्ट्याम्प र छाप पनि प्रहरीको हात लागेका छन् ।

यादवले नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाहरूका नक्कली प्रमाणपत्र बिक्रीवितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका यादवको बयानका आधारमा रुपन्देही प्रहरीले चितवनस्थित कलेज कोच नेपाल प्रालिका सञ्चालक कँडेललाई पक्राउ गरेको हो।

कँडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश प्रशिक्षक विभागका संयोजक रहेको खुलेको छ। कँडेल पार्टीको प्रदेश प्रशिक्षण विभाग संयोजक रहेको रास्वपा चितवनका अध्यक्ष कृष्ण भुसालले बताए । कँडेलले आफ्नो नामअगाडि डाक्टर लेख्ने गरेका छन् ।

रुपन्देहीस्थित प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार चितवन प्रहरीको सहयोग आधारमा कँडेललाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।

बयानका क्रममा यादवले हरिप्रसाद कँडेलका लागि काम गर्दै आएको बताएपछि कँडेललाई बुधबार पक्राउ गरिएको कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार पूर्वशिक्षक समेत रहेका कँडेलले चितवनमा शैक्षिक परामर्श केन्द्र चलाउँदै आएका छन्। उनले त्यही परामर्श केन्द्रमार्फत् नक्कली शैक्षिक प्रमाणपत्रको कारोबार गर्ने गरेको प्रहरीले पत्ता लगाएको हो ।

कँडेल यसपहिले पनि नक्कली शैक्षिक प्रमाणपत्र विवादमा मुछिएका थिए । नक्कली शैक्षिक प्रमाणपत्र लिएको खुलेपछि उनी प्रधानाध्यापक हुन अयोग्य ठहरिएका थिए । चितवनकै पदमपुरको भीमोदय माध्यमिक विद्यालयको प्रधानाध्यापक हुँदा उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । त्यहीकारण उनी प्रधानाध्यापक हुन अयोग्य भएका थिए। उक्त विद्यालयबाट बाहिरिउपछि उनले चितवनस्थित लायन्स चोकमा कलेज कोच नेपाल नामक शैक्षिक परामर्श केन्द्र चलाएका हुन् । उनी यो परामर्श केन्द्रका अध्यक्षका रुपमा रहेका छन् ।

प्रहरीले नेपाल र भारतका विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्र बनाएर नेपालीलाई अध्ययन तथा कामदारका रुपमा विदेश पठाउँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । पछिल्लो पटक नक्कली शैक्षिक प्रमाणपत्र बनाएर केही विद्यार्थीलाई माल्टा पठाउने तयारी गरिरँदा उनी समातिएका हुन् । कँडेल र यादव दुवैलाई रुपन्देही प्रहरीले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  १२ : ५३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित