मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन हस्तान्तरणको तयारी « Khabarhub

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन हस्तान्तरणको तयारी


५ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन नेपाल आयल निगमलाई हस्तान्तरणको तयारी अन्तिम चरणमा पुगेको छ । पाइप लाइन विस्तारको सम्पूर्ण काम सकिएर अहिले सोही पाइप लाइनबाट मोतिहारीदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पदार्थको आयात भइरहेको छ ।  
    
‘पाइप लाइनबाट नियमित रुपमा पेट्रोलियम पदार्थ आयात भइरहेको छ’, नेपाल अयाल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले भने, ‘पाइन लाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको परीक्षण काम पनि भइरहेको छ, त्यसका लागि भारतीय आयल निगमको प्राविधिक टोली फिल्डमै खटिरहेका छन् ।’ 

पाइप लाइनमा कुनै समस्या देखिएको खण्डमा तत्कालै मर्मत सम्भार भइरहेको छ, परीक्षणको कामसमेत सकिएकाले छिट्टै पाइप लाइन हस्तान्तरण गर्ने तयारी भइरहेको उनको भनाइ छ । दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा पाइप लाइनको उद्‌घाटन गर्ने वा कसरी हस्तान्तरण गर्ने विषयमा दुवै पक्षबीच छलफल भइरहेको प्रमुख आचार्यले बताए। यस्तै बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अघि बढाइने भएको छ । 
    
अमलेखगञ्जबाट लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनको काम अगाडि बढाउने विषयमा उच्चस्तरीय प्राविधिक टोलीबाट डिपिआर निर्माणको काम अन्तिम चरणमा पुगेकाले अबको केही दिनभित्रै पाइप लाइन निर्माणको कामले तिव्रता लिने नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख आचार्यले बताए। 
    
‘डिपिआर निर्माणको काम अन्तिम चरणमा पुगेर पाइप लाइनको काम अघि बढाउन चितवनमा कार्यालयसमेत स्थापना भइसकेको छ’, प्रमुख आचार्यले भने, ‘अबको केही दिनभित्रै माटो सम्याउने कार्य पनि सुरु हुन्छ ।’ सुरु भएको तीन वर्षभित्र काम सकिने लक्ष्य रहेको उनको भनाइ छ । 

भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइप लाइनको काम सकिएर पाइप लाइनबाटै पेट्रोलियम पदार्थको आयात सुरु भएपछि अमलेखगञ्जबाट लोथरसम्म पाइप लाइनको काम सुरु गर्न लागिएको हो । 

चितवनको लोथरमा कुल २३ बिघा १२ कठ्ठा जग्गामा ग्रिनफिल्डसहितको एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्नसक्ने टनेल निर्माण गरिने प्रमुख आचार्यले बताए। नेपाल–भारतबीच ‘जिटुजी’ सम्झौता मार्फत निर्माण हुन लागेको अमलेखगञ्ज–लोथर पाइप लाइन विस्तारको काम भारतीय आयल निगमले गर्नेछ । 

यसैबीच अमलेखगञ्जस्थित आयल निगमको पेट्रोलियम पदार्थ लोडिङ गर्ने बईमा समस्या देखिएपछि भारतीय प्राविधिक टोलीले मर्मत गर्ने भएको छ । 

प्रकाशित मिति : ५ भदौ २०८२, बिहिबार  १२ : १३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित