शिक्षक आन्दोलनबाट घर फर्किरहेका प्रधानाध्यापकको दुर्घटनामा मृत्यु « Khabarhub

शिक्षक आन्दोलनबाट घर फर्किरहेका प्रधानाध्यापकको दुर्घटनामा मृत्यु


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं केन्द्रित शिक्षक आन्दोलनमा सहभागी भएर काठमाडौंदेखि मनाङ फर्किरहेका प्रधानाध्यापकको दुर्घटनामा परेर मृत्यु भएको छ ।

काठमाडौँमा भएको शिक्षक कर्मचारी आन्दोलन सकेर फर्कने क्रममा तनहुँको भानु नगरपालिका–१ नेपालटारमा स्कुटर र माइक्रो बस एक आपसमा ठोक्किँदा प्रधानाध्यापक मन घलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थापाले जानकारी दिए । घले जनविकास आधारभूत विद्यालय, नासोङका प्रधानाध्यापक थिए ।

डुम्रे–बेँसीसहर खण्डअन्तर्गत तनहुँको भानु नगरपालिका वडा नम्बर १० कालीमाटीमा माइक्रोबस र स्कुटर ठोक्किएको हो ।
स्कुटरमा रहेकी लमजुङको बेँसीसहर बस्ने ३२ वर्षीया अनिता थापा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो । माइक्रोबसमा रहेका मनाङको नासोङ गाउँपालिका–८ का ४० वर्षीय प्रधानाध्यापक घलेको उपचारका क्रममा एचडीसीएस नमूना सामुदायिक अस्पताल सुन्दर बजारमा मृत्यु भएको हो ।

काठमाडौबाट बेसीशहरतर्फ गुडिरहेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र बेसीशहरबाट डुम्रेतर्फ गुडिरहेको ग २६ प ४०५८ नम्बरको स्कुटर ठोक्किएका थिए ।

दुर्घटनामा माइक्रोमा सवार बेसीशहर नगरपालिका बस्ने १४ वर्षीया पूजा गुरुङ, ओखलढुङ्गा बस्ने ५५ वर्षीय प्रेमबहादुर सुनार, लमजुङको दूधपोखरी गाउँपालिका–५ बस्ने २४ वर्षीया युनिशा गुरुङ, बेसीसहर नगरपालिका–५ बस्ने ६७ वर्षीया राजकुमारी गुरुङ, बेसीसहर नगरपालिका–३ बस्ने ५४ वर्षीय लिलाप्रसाद बसौला, ओखलढुङ्गा बस्ने ३५ वर्षीय अलिश शाही, सोलुखुम्बु बस्ने ३२ वर्षीय कुमार राई, गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ बस्ने ५१ वर्षीय धनबहादुर गुरुङ, ओखलढुङ्गा बस्ने ३५ वर्षीय अधिस राई, गोरखा बस्ने ५१ वर्षीय धनबहादुर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  १२ : ४६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित