प्रदेशसभामा विधेयकमाथि सैद्धान्तिक छलफल  « Khabarhub

प्रदेशसभामा विधेयकमाथि सैद्धान्तिक छलफल 


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको अन्य शर्तसम्बन्धी ऐन, २०७५’लाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल सुरु भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो विधेयक विचार गरियोस् भनी सभामा पेस गरेका थिए ।

उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामका तर्फबाट मन्त्री भण्डारीले ‘प्रदेश जीव नाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक’ सदनमा पेस गरे।

उनले संविधानमा साझा अधिकारभित्र परेको यो ऐनमार्फत विषादीको प्रयोग, आयात, वितरण र भण्डारण, नवीकरणजस्ता विषयलाई व्यवस्थित गर्न ऐन आवश्यक भएको बताए।

छलफलमा प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत र किशोरचन्द्र दुलालले प्रस्तुत ऐन मुख्य न्यायाधिवक्ताको सेवा र सुविधा बढाउन मात्र नभई असल शासन र कुशल प्रशासनका लागि उचित छ भने । 

विशेष समयमा नेपाली कांग्रेसका विनोद राईले बिजुली उत्पादनको नाममा गाउँबस्ती विस्थापित हुनुहुँदैन भने । उनले किसानलाई मल र बीउको व्यवस्था गर्न माग गरे । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमराज थाम्साङले गत असोजको बाढीबाट प्रभावित भएकालाई सहयोग गर्न सरकारको ध्यानाकर्षण गराए ।

शून्य समयमा मुलुकको समसामयिक विषयमा प्रदेशसभा सदस्य भीम पराजुली, मैया श्रेष्ठ, तीलचन पाठक, प्रदीपकुमार सुनुवार, रामदेव यादव, कमलप्रसाद जवेगु, सविना बजगाँई, गोविन्द गिरी र शोभा चेम्जोङले सरकारको ध्यानाकर्षण गराएका थिए ।

 प्रदेशसभाको अर्को बैठक बुधबार  अपराह्न २ः०० बजे बस्नेछ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ३ : ४६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित