राजुनाथलाई सात दिने स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नदिए कारबाही गरेर निकालिने « Khabarhub

राजुनाथलाई सात दिने स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नदिए कारबाही गरेर निकालिने


६ जेष्ठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई मंगलबार सात बुँदे स्पष्टीकरण सोधेका हुन् ।

उनले सोधेको स्पस्ष्टीकरणमा कर्मचारीका रुपमा पालना गर्नुपर्ने आचरण तथा अनुशासनसमेत पालना नगरेको, सञ्चारमाध्ययममा अनधिकृत बयानबाजी गरेको, जनप्रतिनिधिसँग मुखमुखै लागेर अमर्यादित व्यवहार देखाएको, वतावरण शान्त पार्ने उदेश्यले दिएको आदेश पालना नगरी नियोजित ढङ्गले उत्तेजित बनाई द्वन्द्व निम्त्याउने काम गरेको उल्लेख गरिएको छ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेश गर्न नदिन बाटो छेकी अवरोध गरेको जस्ता कुरा उल्लेख छन् ।

अधिकांश जनप्रतिनिधिहरु पाण्डेको व्यवहारबाट रुष्ट भएको अवस्थामा उनलाई स्पष्टीकरण सोधिएको हो ।

सात दिनभित्र रीतपूर्वक चित्तबुझ्दो स्पष्टीकरण पेश गर्न गुरागाईंले पाण्डेलाई सूचित गरेका छन् । म्यादभित्र स्पष्टीकरण नबुझाएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभए कानुन बमोजिम कारबाही गर्ने उल्लेख छ ।

गत चैत २१ गते गुरागाईं कमलादीस्थित महानगरको कार्यकक्षमा पस्न खोज्दा पाण्डेले नगरप्रहरीको दबबल उतारेर रोक्न खोजेका थिए । मेयर बालेन्द्र साहको निर्देशनमा गुरागाईंलाई छेक्न बसेका पाण्डेलाई त्यहीबेला कारबाहीको माग भएको थियो ।

सोमबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र मेयर साहबीच जुहारी चलिरहेको अवस्थामा मंगलबार पाण्डेलाई कारबाहीको तयारीसहित स्पष्टीकरण सोधिएको हो ।

सोमबार गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बालेन नआएको विषयमा प्रधानमन्त्रीले प्रश्न उठाएका थिए । त्यसपछि बालेनले साँझ ओलीलाई भ्रष्टहरूको नाइकेको संज्ञा दिएका थिए । उनले आफू भ्रष्टाचार घटाउन लागेका बेला भ्रष्टहरूको संयोजकको बैठकमा नजाने उनले जिकिर गरेका थिए ।

प्रधानमन्त्री ओलीसँग बालेन सवाल-जवाफमा उत्रिएकै भोलिपल्ट गुरागाईंले महानगरका नगर प्रहरी प्रमुखमाथि कारबाही थालेका हुन् । स्रोतका अनुसार पाण्डेलाई जिम्मेवारीबाट हटाउने प्रक्रिया अघि बढाउन स्पष्टीकरण सोधिएको हो ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ५ : ०८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित