प्रचण्डले पार्टीभित्र उत्तराधिकारीको शृङ्खला तयार पार्नुभएको छः वर्षमान « Khabarhub

प्रचण्डले पार्टीभित्र उत्तराधिकारीको शृङ्खला तयार पार्नुभएको छः वर्षमान


५ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वपछि माओवादी पार्टी कुन रुपमा चल्छ भन्नेबारेको बहस निरर्थक रहेको बताएका छन् ।

पार्टी सम्वद्ध योङ कम्युनिष्ट लिग (वाइसीएल)को बागमती प्रदेशको अधिवेशनलाई सोमबार भक्तपुरमा उदघाटन गर्दै पुनले उपयुक्त समय आएपछि विधिबाटै पार्टीको भावी नेतृत्व तय हुने बताए ।

अध्यक्ष प्रचण्डले नै पार्टीको गत महाधिवेशनमा नेतृत्वको ऋंखला तयार पार्ने विधि प्रस्ताव गरेको भन्दै पुनले सबै तहका पार्टी कमिटी र जनवर्गीय संगठनहरुमा त्यस प्रकारको अभ्यास आरम्भ भएको उल्लेख गरे ।

पार्टी नेतृत्व भनेको व्यक्ति नभई टिम भएको र नेताहरुको बीचबाट चयन भएको नेताले पार्टी हाँक्ने उनले उल्लेख गरे । ‘कति मान्छेहरु भन्छन् कमरेड प्रचण्डपछि तिम्रो पार्टीमा नेता को हो ? माओवादी पार्टी रहन्छ ? हामी भन्छौं रहन्छ र पार्टी चल्छ । अध्यक्षजस्तो टावरिङ पर्सनालिटी त नहोला तर, उहाँले जसरी हामीले विधिमा नेतृत्व पंक्तिलाई तयारी गरेका छौं । नेतृत्व टिमबाट तयार हुन्छ । नेताहरुको बीचबाट एउटा नेताले नेतृत्व गर्छ’, पुनले भने, ‘कमरेड प्रचण्डकै प्रस्तावमा हामीले गत महाविशनबाट जनवादी ढंगले नेतृत्वको ऋंखला तयार गर्नेबारे विधि बनाएका छौं ।’

प्रचण्डले जनयुद्धको तयारी, जनयुद्ध सञ्चालन, शान्ति प्रक्रिया हुँदै समाजवादको आधार तयार पार्ने कामसम्मको नेतृत्व गरेको भन्दै पुनले पछिल्लो समय उनीप्रति थप आकर्षण बढेको दाबी गरे । ‘कमरेड प्रचण्ड र पार्टी नेतृत्वप्रति देशभर जनतामा आकर्षण बढेको छ’, पुनले भने ।

तत्कालीन आकस्मिकता र सामूहिक आवश्यकताको बीचबाट नेतृत्वको जन्म हुने उनको भनाइ थियो । ‘अध्यक्ष कमरेड प्रचण्ड र उहाँका पुस्ताका नेताहरु इतिहासको आवश्यकता र आकस्मिकताले पैदा गरेका नेताहरु हुनुहुन्छ । प्रचण्डको नेतृत्व प्राधिकारका रुपमा निर्माण भएको थियो’, उनले भने ।

पुनले अझै केही समय प्रचण्डको नेतृत्वलाई बलियो र सम्मानित बनाएर लैजानुपर्नेमा पार्टीभित्र कसैको फरक मत नरहेको स्पष्ट गरे ।

फरक प्रसंगमा पुनले वर्तमान काँग्रेस–एमाले गठबन्धन सरकार बिचौलिया र स्वार्थ समूहले बनाएको हो भन्ने आमजनताबीचमा स्थापित भएको बताए । गाउँगाउँसम्म अहिलेको सरकार बिचौलियाको हो भन्ने स्थापित भएको दाबी उनले गरे ।

‘अध्यक्ष प्रचण्डसहति हामीले संसदबाटै यो सरकार बिचौलियाले बनाएको हो भन्दै आयौं । सुरुमा हाम्रो कुरालाई सरकारबाट हट्दाको पीडा भन्ने गरिन्थ्यो । एक वर्ष बित्दै गर्दा अहिले सबै जसोले त्यही भन्न थाले’, पुनले भने, ‘गाउँगाउँका जनता र गृहणीहरुसम्मले यो सरकारलाइ बिचौलियाले बनाएको सरकार भनिरहेका छन् । अझ कतिपय अवस्थामा त हामीले कम भनेको जस्तो हुने गरेको छ ।’

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ८ : ४६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित