नक्कली शैक्षिक प्रमाणपत्रसहित एकजना पक्राउ « Khabarhub

नक्कली शैक्षिक प्रमाणपत्रसहित एकजना पक्राउ


२ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, कानपुर नौवस्ति बस्ने २५ वर्षीय अभिषेक यादव रहेका छन् । उनको साथबाट विभिन्न नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती कागजात बनाउन प्रयोग हुने सामग्री बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा यादवलाई आइतबार साँझ पक्राउ गरेको जनाएको छ । 

‘रुपन्देहीमा अवैध रूपमा नक्कली प्रमाणपत्रको कारोबार भइरहेको सूचना लामो समयदेखि आइरहेको थियो, त्यसैलाई पछ्याइरहेका थियौँ’,  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुरज कार्कीले भने, ‘सोही क्रममा यादवलाई ठूलो परिमाणमा नक्कली प्रमाणपत्रसहित पक्राउ गर्न सफल भयौँ ।’

सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्कमा रहेको होटल मुक्तिनाथमा प्रवेश गर्न लाग्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । 

प्रहरीले यादवको शरीर र उनको सुटकेस खानतलासी गर्दा त्रिभुवन विश्वविद्यालयको जस्तै देखिने १०० वटा ट्रान्सक्रिप्ट र ३६ वटा खाली प्रमाणपत्र फेला पारेको छ । विभिन्न शैक्षिक संस्थाका तीन वटा नक्कली र पाँच वटा स्ट्याम्पप्याड, त्रिभुवन विश्वविद्यालयको चार हजार ४० थान रहेको २१ बण्डल होलोग्राम, उच्च माध्यमिक शिक्षा परिषद्को दुई हजार थान रहेको १९ प्याकेट, राष्ट्रिय परीक्षा बोर्डको एक हजार ७०० थान रहेको १७ प्याकेट नक्कली होलोग्राम र स्टिकर प्रहरीले बरामद गरेको छ । 

यसैगरी भारतको एमिटी विश्वविद्यालयका ८० वटा नक्कली मार्कसिट, ४० वटा प्रोभिजनल सर्टिफिकेट, ६० वटा क्यारेक्टर सर्टिफिकेट र ४९ वटा अन्य खाली प्रमाणपत्र र ४० वटा खाली लोगो फेला पारेको हो । 

जवाहरलाल नेहरु टेक्निकल युनिभर्सिटी हैदराबाद, छत्रपति साहूजी महाराज युनिभर्सटी, कानपूर, असम उच्च माध्यमिक शिक्षा परिषद्, कुरुक्षेत्र विश्वविद्यालय, आन्ध्र विश्वविद्यालयकासहित अवैध कारोबारका लागि प्रयोग भइरहेका विभिन्न विश्वविद्यालय तथा कार्यालयको नाम लेखिएका दर्जनौँ नक्कली छाप, चारवटा पेनड्राइभ, एक थान एचपी कम्पनीको ल्यापटप, एक थान आइफोन, एक थान रियलमी मोबाइल, तीनवटा एटीएम कार्ड, भारु १८ हजार ५०० रुपैयाँ र नेपाली तीन हजार २५ रुपैयाँ नगद बरामद गरिएको कार्कीले बताए । 

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले पक्राउ परेका यादव कसैका लागि काम गर्ने कामदार मात्र रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए। उनले प्रायजसो विदेश अध्ययन र कामको प्रायोजनको लागि नक्क्ली प्रमाणपत्र बनाउने गरेको सुरुवाती अनुसन्धानमा खुलेको बताए। 

‘यस बाहेक अन्य प्रयोजनमा पनि यसको प्रयोगलाई नकार्न सकिँदैन’, उनले भने’हामीले यसको मूख्य मानिससहित अन्यलाई पहिचान गरेका छौँ, उनीहरु फरार रहेकाले पक्राउ परेपछि थप कुराहरू खुल्नेछ ।’

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ७ : २६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित