खेतका गरामा ‘हरेलो’ गाडेर साउने सङ्क्रान्ति मनाइँदै « Khabarhub

खेतका गरामा ‘हरेलो’ गाडेर साउने सङ्क्रान्ति मनाइँदै


१ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम–  आज साउन सङ्क्रान्तिको दिनलाई सुदूरपश्चिम प्रदेशमा ‘हरेली’ सङक्रान्ति पर्वका रूपमा मनाइँदै छ । मेलसहित विभिन्न प्रजातिका बोटविरुवाको ‘हरेलो’ (हरिया हाँगा अन्नबाली लगाइएका खेतका बीच भागमा गाड्ने) गाडेर यो पर्व मनाइँदै छ ।

हरेली सङ्क्रान्तिका दिन खेतमा गाडेको ‘हरेलो’ पलाएर आउँदा अन्न उत्पादन वृद्धि हुने जनविश्वास रहेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टीएन जोशीले जानकारी दिए । असार महिनाभरि कृषि कर्ममा लाग्ने किसान आजका दिन परिवारका सदस्य एवं आफन्तका साथमा एक ठाउँमा भेला भई रमाइलो गरी पर्व मनाउँछन् । सौर्य पद्धति अनुसार आज साउने सङ्क्रान्ति पनि भनिने हुनाले आजकै दिनदेखि दक्षिणायन आरम्भ हुन्छ । 

‘प्रदेशमा आजको दिनलाई ‘लुतो फाल्ने’ दिनका रूपमा पनि लिइन्छ । असार महिनाभरि कृषि कर्ममा व्यस्त हुनुपर्ने किसानको शरीरमा लाग्ने हिलो मैलोबाट छालासम्बन्धी रोग निको पार्ने विश्वासका साथ आजको दिनलाई लुतो फाल्ने दिनका रूपमा मनाउने गरिएको हो’, जोशीले भने। उनका अनुसार लुतो फाल्दा आ–आफ्नो परम्पराअनुसार केही समय नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने र ढोका बन्द गर्नुपर्ने परम्परा छ । 

साउनलाई अँध्यारो हुने महिनाका रूपमा लिइने भएकाले देवस्थल र देवभण्डारमा दियो वा बत्ती बालेर उज्यालो पारिन्छ । साउन महिनाभरि नवदुलहीले माइत बस्नुपर्ने प्रचलन पनि सुदूरपश्चिममा छ ।

साउन महिना र सोमबारलाई शिवजीको महिना र बार भन्ने धार्मिक मान्यता अनुसार यो महिनाभर देवालयलमा पूजाआजाका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ । महिलाले हरियो चुरा, माला र मेहदी लगाएर व्रत बस्ने गर्छन् । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएमा खुशी र समृद्धि पाइन्छ भन्ने धार्मिक विश्वास रहेको उपकुलपति जोशीले बताए। 

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  १ : ३३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित