बाजुरा एमालेको घोषणा : विचारमा स्वस्थ प्रतिस्पर्धा, विकासमा वृहत एकता  « Khabarhub

बाजुरा एमालेको घोषणा : विचारमा स्वस्थ प्रतिस्पर्धा, विकासमा वृहत एकता 


३ जेष्ठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – नेकपा एमाले बाजुराले जिल्लाको परिचय बदल्ने अभियान सञ्चालनको घोषणा गरेको छ । दलहरूबीचको आपसी सहकार्य र हार्दिकता अभावकै कारण बाजुरा विवादमा आइरहने भएकाले आरोप चिर्न नेकपा एमालेले नयाँ अभियानको घोषणा गरेको जनाएकाे छ ।

एमाले बाजुराले पार्टी जिल्ला कमिटीको प्रथम जिल्ला प्रतिनिधि परिषद्को बैठकबाट १६ बुँदे प्रतिबद्धता जारी गर्दै अभियान घोषणा गरेको हाे । 

प्रतिनिधि परिषद् बैठकले जारी गरेको अभियानको पत्रकार सम्मेलनमार्फत नेकपा एमाले बाजुरा अध्यक्ष लालबहादुर ओलीले जानकारी दिए । बाजुरा विकाससँगै सोचले पनि बदलिनु पर्छ भन्ने निष्कर्षसहित विचारमा स्वस्थ प्रतिस्पर्धा, विकासमा वृहत एकता अभियान घोषणा गरेको अध्यक्ष ओलीले जानकारी दिएका छन् । 

‘विवाद, झगडा, अभाव र समस्या मात्रै देखिने जिल्लाको परिचय बदल्ने गरी राजनीतिक सहकार्य र एकताका लागि अभियानकै रूपमा घोषणा गरिएको हो, यसलाई कांग्रेस माओवादीलगायतका दलसँग समन्वय गरेर थप विस्तृत उद्देश्य पूरा गर्ने गरी अघि बढ्ने तयारी गरिएको छ ।’ अध्यक्ष ओलीले पत्रकार सम्मेलनमा भने । 

चुनावमा बुथ कब्जा गरिने, गलत राजनीतिक संस्कार देखाउने, मान्छे मार्ने र नुनसमेत अभाव हुने गलत सन्देश दलीय एकता अभावकै कारण भइरहेको उनले बताए । प्रचार गरिएको जस्ता अवस्था नभएकाले सही सूचना र प्रचारका लागि विकासमा वृहत एकताको नीति लिएको एमाले बाजुराले जनाएकाे छ । 

बाजुरा बदल्न र विकास निर्माणलाई गति दिन, राजनीतिक संस्कार सिकाउन, विचारमा स्वस्थ प्रतिस्पर्धा र विकासमा वृहत एकता अभियान थालनी गरिएको र सबैलाई त्यसैमा जोड्ने गरी व्यवहारिक कार्यान्वयन गर्न एमाले तयार देखिएको छ ।

‘सबैलाई महसुस भएको विषय हो, त्यसैमा कांग्रेस, एमाले बढी जिम्मेवार हुनु पर्नेछ’, पर्यटन मन्त्री बद्री पाण्डेदेखि एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई एउटै मञ्चमा राखेर अध्यक्ष ओलीले भने, ‘सकारात्मक सन्देश प्रवाहको यात्रालाई साथ दिन सबैलाई आग्रह छ ।’ 

एमाले बाजुराकाे प्रतिनिधि परिषद् बैठकले ‘समृद्ध नेपाल, सुखी नेपाली’ काे राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा योगदान गर्न जिल्लामा मिसन ०८४ लक्ष्य पूरा गर्ने दायित्वलाई प्राथमिकतामा राखेको छ । एमालेबाट विजयी पालिकाको काम कारबाही र राजनीतिक व्यवहारमा समेत सुधार ल्याउने नीतिमा एमाले देखिएको छ । एमाले हरेक जनताको अन्तर मनमा बसाउन, नेता र कार्यकर्ताको कार्य जिम्मेवारीलाई आत्मसाथ गर्दै सशक्त जनता, सचेत नेता, सुदृढ सङ्गठन बनाउन सम्पूर्ण पार्टी सदस्यको सक्रियतालाई एमालेले पहिलो प्राथमिकतामा राखेको छ । 

सामुदायिक विकास, सुशासन, समानता, न्याय र अमनचयन कायम गर्न स्थानीय तह तथा सुरक्षा निकायका अभियानमा सहजीकरण गर्न एमाले बाजुरा प्रतिबद्ध रहेको जनाएको छ । एमालेले बाजुरालाई राज्यस्तरबाटै विभेद भएको भन्दै कर्णाली प्रदेश सरहको सहुलियत प्राप्त गर्ने नीतिगत व्यवस्थाका लागि संघीय सरकारको ध्यानाकर्षण गराएको छ । 

बाजुराको शैक्षिक गुणस्तर बर्सेनि कमजोर भइरहेको भन्दै सुधार गर्न आवश्यक लगानी, मानवस्रोत, भौतिक व्यवस्थान गर्न तीन तहका सरकार, शिक्षक, अभिभावकलगायत सरोकारवालाको ध्यानाकर्षण गराउने प्रस्ताव पारित गरेको छ । 

जिल्लामा लागू औषधको कुलतमा युवा समुदाय परिरहेको भन्दै नियन्त्रण गर्न स्थानीय सरकार र प्रशासनलाई संयुक्त अभियान सञ्चालन गर्न आह्वान गरेको अध्यक्ष ओलीले बताए । 

कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना र जडांगामा रहेको बेलिबृज दानसाँगुमा सार्नका लागि विभिन्न निर्णय सरकारका निकायहरूमा पेश गरिए पनि सुनुवाइ नभएकाले कार्यान्वयनको लागि संघीय सरकारसँग माग गरेको छ । ठेकेदारहरूको लापरबाहीका कारण धेरै विकास निर्माणका कार्य अलपत्र रहेको भन्दै तत्काल कानुनी ताकेता गरी कार्य सम्पन्न गराउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ । 

बडीमालिकाको त्रिवेणी पाटन र हिमाली गाउँपालिकाको रानीसैन जस्ता धार्मिक तथा प्राकृतिक क्षेत्रहरू बाजुरामै पर्ने छिमेकी प्रदेश तथा जिल्लाका सरकारी लगानीमा संरचना निर्माण गरेर सिमाना अतिक्रमण गरी रहेको भन्दै बैठकले केन्द्रीय सरकार र प्रदेश सरकारको ध्यानाकार्षण गराउने प्रस्तावसमेत पारित गरेको छ ।

जिल्लास्थित सरकारी कार्यालयहरू प्रायः निमित्ति प्रमुखको भरमा चलिरहेकाले कार्यालय प्रमुखहरूको पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराउने प्रस्ताव पनि पारित गरेको जनाएको छ । नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा सञ्चालन भएको पत्रकार सम्मेलनमा केन्द्रीय लेखा आयोग समिति सदस्य बसुन्धरा रोकाया, जिल्ला कमिटी सदस्यलगायत पत्रकारहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  ६ : ४६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित