थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन शाही मानहानि मुद्दाको बचाउ गर्दै अदालतमा « Khabarhub

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन शाही मानहानि मुद्दाको बचाउ गर्दै अदालतमा


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेनसी – थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले शाही मानहानिको आरोपविरुद्ध आफ्नो बचाउ गर्दै बुधबार अदालतमा बयान दिएका छन् ।
 
थाक्सिनलाई बैंककको बन्द कोठामा भएको सुनुवाइमा दोषी ठहर गरिएमा १५ वर्षको जेल सजाय हुन सक्छ । उनलाई ‘लेस मेजेस्टे’ कानूनको उल्लङ्घन गरेको आरोप लगाइएको छ। ‘लेस मेजेस्टे’लाई कानून थाइल्याण्डको शाही परिवारलाई दुर्व्यवहार र आलोचनाबाट जोगाउने कडा कानूनको रूपमा हेरिन्छ । 

बितेको २५ वर्षदेखि ७५ वर्षीय प्रभावशाली टेलिकम उद्योगपति थाक्सिन सिनावात्रा थाई राजनीतिको एक परिभाषित व्यक्तित्व भएका छन् जसले परम्परागत शाही समर्थक सैन्य अभिजात वर्गसँग मिलेर काम गर्दै थाइल्याण्डमा एक राजनीतिक वंशको स्थापना गर्न सफल भएका छन् । 

सिनावात्राकी छोरी पेटोङ्टार्न सिनावात्रालाई यसै महिना प्रधानमन्त्रीबाट निलम्बन गर्नुले उनीहरूको परिवारको राजनीतिक भाग्यमा नाटकीय ह्रास आएको विश्लेषकहरूले बताएका छन् ।

थाक्सिनले एक दशकअघि दक्षिण कोरियाली सञ्चारमाध्यमलाई दिएको टिप्पणीमा अभियोजन पक्षको मुद्दा घुमेको छ । केही हप्ताभित्र फैसला आउने अपेक्षा गरिएको छैन । थाक्सिनका वकिल विन्यात चटमोन्त्रीले एएफपीसँग कुरा गर्दै आफूले बिहान बयान दिएको र अझै थप बयान पनि जारी रहने बताए।

थाक्सिनका करिब ५० जना समर्थकले उनको राजनीतिक आन्दोलनको रातो रङको सर्ट लगाएका थिए र त्यसमा उनको अनुहारको चित्र अङ्कित थियो । 

थाक्सिनका शुभचिन्तक ७९ वर्षीय रिटायर्ड एकाउन्टेन्ट भेउ विलाइलाकले एएफपीसँग भने, ‘उनप् निकै प्रतिभाशाली व्यक्ति हुन् । तर विगतको अनुभवबाट, खराब मानिसहरू केवल उनबाट छुटकारा पाउन चाहन्छन् ।’

थाक्सिन सन् २०२३ को अगष्टमा १५ वर्ष निर्वासन जीवन बिताएर थाइल्याण्ड फर्किएका थिए । 

आफ्नो परिवारको फेउ थाई पार्टीले आफ्ना रूढिवादी पूर्व शत्रुहरूद्वारा समर्थित गठबन्धन सरकारको प्रमुखको रूपमा पदभार ग्रहण गरेकै दिन उनी स्वदेश फर्किएका थिए।  नयाँ सरकार गठनसँगै उनी स्वदेश फर्किनुलाई गोप्य सम्झौतापछिको परिस्थितिकारूपमा व्याख्या गरिएको थियो ।

थाक्सिनलाई भ्रष्टाचार र शक्तिको दुरुपयोगको अभियोगमा तत्काल आठ वर्षको जेल सजाय सुनाइएको थियो र पछि राजा महा वजिरालोङकोर्नले माफी दिएपछि एक वर्षको जेल सजाय सुनाइएको थियो।

राजनीतिक विश्लेषक युट्टापोर्न इसाराचाईले एएफपीसँग भने, ‘थाई संस्थापन समूहभित्र जहिले पनि कोही न कोहीले उनलाई थाई समाजका लागि खतराको रूपमा हेर्छन् ।’

हालैका अन्तर्वार्ताहरूमा थाक्सिनले राजसंस्थाप्रति आफ्नो वफादारी पुष्टि गर्दै राजाले आफूलाई दिएको क्षमाका लागि कृतज्ञता व्यक्त गरेका थिए । 

जुलाई १ मा अदालत बाहिर एएफपीसँग कुरा गर्दै थाक्सिनका वकिल विन्यातले मुद्दाको गम्भीरताका बावजुद उनी शान्त देखिएको बताए।

सोही दिन थाक्सिनकी छोरी पेटोङ्टार्नलाई संवैधानिक अदालतले थाइल्यान्ड र छिमेकी कम्बोडियाबीचको सीमा विवादबारे छलफल गर्ने कूटनीतिक फोन कलको क्रममा उनको आचरणको नैतिक जाँच नभएसम्मका लागि निलम्बित गरेको थियो।

उक्त फोनवार्तामा पेटोङटार्नले कम्बोडियाका पूर्व नेता हुन सेनलाई ‘अंकल’ को संज्ञा दिँदै एक थाई सैन्य कमाण्डरलाई ‘प्रतिद्वन्द्वी’ को संज्ञा दिएका थिए । 

फेउ थाईको प्रमुख कन्जरभेटिभ समर्थकहरूले यस आग्रहप्रति विरोध जनाउँदै गठबन्धन परित्याग गरेका छन्, जसले गर्दा सरकारलाई कामचलाउ नेतृत्वमा रहेको संसदीय बहुमत प्राप्त प्रधानमन्त्रीको साथ छोडिएको थियो ।
 

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ३ : १८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित