प्रभु साहले भने- सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ « Khabarhub

प्रभु साहले भने- सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले किसानलाई मलखाद नदिएर जिउँदै मारिरहेको  टिप्पणी गरेका छन् ।

गृह जिल्ला रौतहटको कटहरियामा सोमबार बसेको पार्टी जिल्ला कमिटीको विशेष बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले अहिले धानबाली लगाउने मुख्य सिजनमा सरकारले आवश्यक मलखाद्य नदिएर किसानलाई जिउँदै मारेसरह बनाएको टिप्पणी गरेका हुन् ।  

‘अहिले धानवाली लगाउने महत्त्वपूर्ण समय छ । यो कुरा सरकारमा बस्नेहरूलाई पनि थाहा छ । किसान अहिले मलखाद्य, बिउ बिजनको जोहो गरिरहेका छन् । तर यो अन्धो सरकारले किसानको पिडा देखिरहेको छैन । किसान मारा सरकारलाई किसानको आँसुले पोल्छ,’ अध्यक्ष साहले भने, ‘किसानलाई मलखाद्य, बिउविजन उपलब्ध गराउने जिम्मेवारी केन्द्रीय सरकारको हो तर किसानको बारेमा गफ मात्रै दिइरहेको छ, मलखाद्य उपलब्ध गराउन सकेको छैन ।’ 

किसानहरू अहिले मलखाद्य नपाएर छटपटाइरहेको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग किसानलाई मल किन उपलब्ध नगराएको भन्दै प्रश्न समेत गरेका छन् ।  

किसानलाई मलखाद्य उपलब्ध गराउने केन्द्रीय सरकारले मल उपलब्ध गराउन नसकेको तर किसानले एक दुई बोरा मल भारतबाट ल्याउँदा सीमामा बस्ने प्रहरीले पक्राउ गरेर बाहुदरी देखाइरहेको टिप्पणी साहले गरेका छन् । जनताको समस्या, जनताको चाहना नबुझेको वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको उनले बताए । 

बिचौलियाले बनाएको गठबन्धन र वर्तमान सरकारका कारण बिचौलियाहरू नै खुसी देखिएको बताउँदै उनले किसान, सर्वसाधारण निराश भएको बताए । बिचौलियाका लागि काम गरिरहेको यो सरकारलाई किसानलाई मलखाद्य उपलब्ध गराउने बारेमा सोच्ने फुर्सत समेत नभएको टिप्पणी उनले गरे । 

यस्तै, उनले लुटकारी दलतन्त्रका विरुद्धमा न्याय प्रेमी जनता एवं दलहरू एकजुट हुनुपर्ने अहिलेको आवश्यकता भएको बताए । बिचौलिया, भगौडावर्गको पक्षपोषण गरिरहेको यो सरकारले दलीय सिन्डिकेट लागु गरेर लुट मच्चाएको आरोप साहले लगाए । लुटकारी दल तन्त्रको विरुद्धमा एकजुट भएर अगाडी नबढे मुलुक धराशायी बन्दै जाने उनले बताए । 

बैठकले संगठन निर्माण, बिस्तारका साथै किसानलाई मलखाद्य, बिउँबिजन उपलब्ध गराउन संघर्ष गर्ने निष्कर्ष निकालेको छ ।
 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ३ : ४० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित