चीनमा बेहुली तस्करीको समस्या बढ्दै « Khabarhub

चीनमा बेहुली तस्करीको समस्या बढ्दै


२ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – चीनको कम्युनिस्ट पार्टीको कठोर नियन्त्रणले जनताको निजी जीवनसमेत नियन्त्रणमा राख्दै आएको छ। बालबालिकालाई सातामा तीन घण्टामात्र गेम खेल्न दिने नियमदेखि लिएर मनोरञ्जन कार्यक्रमहरूमा ‘महिला झैँ देखिने’ पुरुष सेलिब्रिटीहरूमा प्रतिबन्ध लगाउनेसम्मका कदमहरू जनजीवनमा प्रत्यक्ष प्रभाव पारिरहेका छन्। यिनै नियन्त्रणहरूमध्ये एक सन् १९७९ देखि २०१५ सम्म लागू गरिएको ‘एक सन्तान नीति’ ले विनाश निम्त्याएको छ।

एक सन्तान नीतिका कारण चीनमा जनसंख्या घट्दै गएको छ। त्यसमाथि छोरा चाहिने सामाजिक मानसिकताले महिलाको संख्या घटाएको छ। यसले गर्दा हाल चीनमा बेहुलीहरूको अभाव भएको छ।

यसकै फाइदा उठाउँदै मानव तस्करहरूले दक्षिण एशियाका गरिब मुलुकहरूबाट केटीहरू चोरेर वा फसाएर चीन पुर्याउने गरेका छन्। धेरै केटीहरूलाई जबरजस्ती बिहे गराइन्छ र बच्चा जन्माउन बाध्य बनाइन्छ। चिनियाँ अधिकारीहरू यस्ता गतिविधिहरूप्रति बेवास्ता गरिरहेका छन्।

सन् २०२४ मा पनि चीनको जनसंख्या लगातार तेस्रो वर्ष घट्यो। राष्ट्रिय तथ्यांक विभागअनुसार २०२३ को तुलनामा चीनको जनसंख्या १३ लाख ९० हजारले घटेर १.४०८ अर्बमा झर्‍यो। बाल्यकालदेखि नै छोराको प्राथमिकताले गर्दा आज चीनमा ३० लाख बढी पुरुष छन्। २०२४ मा पुरुषको संख्या ७१९ मिलियन र महिलाको संख्या ६८९ मिलियन थियो।

बेहुली अभावका कारण म्यानमार, भियतनाम, कम्बोडिया, नेपाल र पाकिस्तानबाट महिलाहरू तस्करीमा परिरहेका छन्। युद्धग्रस्त म्यानमारको चिनियाँ सीमा नजिकका शिविरमा बस्ने महिलाहरूलाई रोजगारीको झुटो प्रलोभन देखाएर चीन पुर्‍याइन्छ र त्यहाँ बेचिन्छ। त्यस्तै गरी नेपालबाट पनि चिनियाँ पुरुषसँग बिहे गराउने भन्दै महिला चीन लैजाने र त्यहाँ ‘बेहुली खरिद’ मा बेच्ने क्रम बढेको छ।

सन् २०१७ देखि २०१९ सम्म २१ हजारभन्दा बढी म्यानमारकी महिला चीनमा बेचिइन्, तीमध्ये १८ हजारलाई जबरजस्ती आमा बनाइएको थियो। भियतनामबाट ३ हजारभन्दा बढी महिला र बालबालिका त्यही अवधिमा तस्करीमा परे। पाकिस्तानका ६२९ महिला चिनियाँ पुरुषसँग बिहे गरिने नाममा बेचिएका थिए। कोभिड महामारीपछि कम्बोडियाबाट पनि चीनतर्फ तस्करी बढेको छ।

बीबीसीले सन् २०२३ मा युन्नान प्रान्तकी एक महिलालाई लोहेको सिक्रीले बाँधिएको अवस्थामा भेटिएको घटनालाई सार्वजनिक गरेको थियो। उनी आठ बच्चाकी आमा थिइन् र उनलाई जबरजस्ती बिहे गरेर बच्चा जन्माउन बाध्य पारिएको थियो।

चिनियाँ कानुनले जबरजस्ती बिहेलाई अपराध माने पनि अधिकारीहरूले पीडितहरूको उजुरीलाई नजरअन्दाज गर्दै उनीहरूलाई नै जेल हाल्ने, बच्चाबिनै देश फर्काउने र कहिलेकाहीँ घूस लिएर तस्कर वा पति समक्ष फिर्ता गर्ने गरेको मानव अधिकार रिपोर्टहरूमा उल्लेख छ।

चीनमा जनसंख्या घट्न थालेसँगै अधिकारीहरू श्रमिक र उपभोक्ताको संख्यामा गिरावट आउन सक्ने चिन्तामा छन्। यो संकटको मूल जरा भने राज्यद्वारा थोपारिएको पारिवारिक नियन्त्रण नै हो।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  ११ : २६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित