भारतीय प्रधानमन्त्री मोदीले गरे चीन सीमा क्षेत्रतर्फको रणनीतिक सुरुङ उद्घाटन « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीले गरे चीन सीमा क्षेत्रतर्फको रणनीतिक सुरुङ उद्घाटन


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार एक रणनीतिक हिमाली सडक सुरुङको उद्घाटन गरेका छन् । उक्त सडकले प्रतिद्वन्द्वी चीन र पाकिस्तानसँगको विवादित उच्च–भूमि सीमा क्षेत्रहरूतर्फ सबै मौसममा पहुँच पुर्‍याउने छ ।

छ दशमलव चार किलोमिटर (चार माइल) लामो र वर्षको चारदेखि छ महिनासम्म हिउँले बन्द हुने खतरनाक पर्वत भञ्ज्याङमुनि फैलिएको जेड–मोड वा सोनमार्ग सुरुङ सीमा क्षेत्रहरूमा व्यापक पूर्वाधार अभियानको एक हिस्सा हो ।

यसले भारत–प्रशासित काश्मीरलाई लद्दाखसँग जोड्न मद्दत गर्छ र सैन्य आपूर्तिको द्रुत परिचालन सम्भव बनाउन श्रीनगर–लेह राजमार्गलाई वर्षभरि खुला राख्न सघाउँछ । 

“यहाँ सुरुङको उद्घाटनसँगै कनेक्टिभिटी उल्लेखनीय रूपमा सुधार हुनेछ”, एक दशक लागेको ३१ करोड ३० लाख डलरको यस परियोजनाको रिबन काटेर चिसोबाट जोगिन ज्याकेट लगाएका प्रधानमन्त्री मोदीले भने ।

विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका राष्ट्रहरू भारत र चीन दक्षिण एसियामा रणनीतिक प्रभावका लागि प्रतिस्पर्धा गर्ने तीव्र प्रतिद्वन्द्वी हुन् र उनीहरूको तीन हजार पाँच सय किलोमिटर साझा सीमा तनावको स्थायी स्रोत बनेको छ । 

सन् २०२० मा दुवै देशका सेनाहरूबीच झडप हुँदा कम्तीमा २० भारतीय र चार चिनियाँ सैनिक मारिए र दुवै पक्षका सेनाहरू आज विवादित उच्च–भूमि सीमा क्षेत्रहरूमा आमनेसामने छन् । 

चिनियाँ राष्ट्रपति सी जिनपिङ र मोदीबीच पाँच वर्षमा पहिलो औपचारिक बैठक हुनुभन्दा केही समयअघि बेइजिङ र नयाँदिल्ली अक्टोबरमा विवादित क्षेत्रहरूमा गस्ती गर्न सहमत भएका थिए । 

सोही मार्गमा रहेको अर्को १३ किलोमिटर लामो जोजिला सुरुङ आधाभन्दा बढी सम्पन्न भएको छ र सन् २०२६ मा खुल्ने सूचना मन्त्रालयले जनाएको छ । 

जेड–मोड सुरुङमा अक्टोबरमा बन्दुकधारीहरूले सात कामदारको हत्या गरेका थिए । यो विवादित काश्मीरमा दशकौँदेखि चलिरहेको विद्रोहको हिस्सा थियो ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ३ : ३२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित