२०८४ लक्षित एमालेको घरदैलो कार्यक्रम अभियान   « Khabarhub

२०८४ लक्षित एमालेको घरदैलो कार्यक्रम अभियान  


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– टोल र जनताका घरसम्म नेता कार्यकर्ता परिचालन गर्ने गरी नेकपा (एमाले) ले जरा केन्द्रित तीन महिने अभियान सञ्चालन गर्ने भएको छ । एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि जनस्तरमै पुगेर पार्टी निर्माण अभियान सञ्चालन गर्न लागिएको हो ।

माघदेखि चैतसम्म सञ्चालन हुने अभियानको घोषणा एमाले कोशी प्रदेशले शनिबार सम्पन्न बैठकले प्रस्ताव गर्दै आइतबार प्रदेश स्तरीय अभिमुखीकरण गरिएको छ । अभिमुखीकरण कार्यक्रममा कोशी प्रदेश कमिटीका २५७, प्रदेश भूगोलमा रहेका ५६  केन्द्रीय नेतृत्व, १४ जिल्लाका पदाधिकारीहरू र जनसंगठनका केन्द्रीय पदाधिकारीहरू सहित ४४५ जनाको सहभागिता रहेको थियो । 

आगामी २५ वर्षमा नेपाललाई समृद्ध राष्ट्र निर्माणका लागि २०८४ र त्यसपछिका हरेक निर्वाचनहरुमा तीन वटै तहमा एमालेको बहुमतको सरकार निर्माण गर्ने लक्ष्य सहित अभियान सञ्चालन गरिएको संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले बताए । 

उनले भने, ‘अभियानमा पार्टी सदस्यता विस्तार र सुदृढीकरण गर्ने, बाँकी रहेका स्थानीय अधिवेशनहरू सम्पन्न गर्ने, कमिटी जीवनलाई सुदृढ पार्ने, विकास निर्माण तथा जनसरोकारका काममा पार्टी परिचालन गर्ने, किसान, मजदुर, विद्यार्थी, भूमिहीन, सुकुम्बासी, महिला लगायतका समस्यास‌ँग जनसंगठनलाई जोड्ने लगायतका काममा पार्टी सक्रिय रहनेछ ।’ 

त्यस्तै नेता कार्यकर्ताहरू माझ प्रशिक्षण सञ्चालन गर्ने, पार्टी विरुद्धका साइबर हमलाको संगठित प्रतिवाद गर्ने, युवा नेतृत्व विकासका लागि आधारहरू निर्माण गर्दै लैजाने काम अभियानमा गरिने जनाइएको छ । 

त्यसैगरी पार्टी स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले ठुला नेतालाई भेटर सेल्फि खिचेर सामाजिक सञ्जालमा हालेर दुनियाँलाई देखाएको भरमा अब पार्टी कामको मुल्याकंन नहुने बताउँछन् । 

भन्छन्, ‘संगठनात्मक सिद्धान्त अनुसार पिरामिड आकारको संरचनामा बनाउन आवश्यक छ ।’

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की लगायतले सम्बोधन गरेका थिए ।  

प्रमुख अतिथि केन्द्रीय कमिटीका उपाध्यक्ष गुरु बराल, कार्यक्रमको अध्यक्षता पार्टी कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायतले कार्यक्रम सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १ : २१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित