काठमाडौं महानगरको ‘परम्परागत खाद्य मेला’ « Khabarhub

काठमाडौं महानगरको ‘परम्परागत खाद्य मेला’


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले ‘स्वच्छ भान्सा’ स्वर्णिम योजना कार्यक्रम अन्तरगत परम्परागत खाद्य सीप भएकाहरुको सभागितामा दरबार हाइस्कुलमा आज ‘परम्परागत खाद्य मेला’ को आयोजना गरेको छ । भान्सामा सिकेको सीपलाई बजारीकरण गर्ने उदेश्यले महानगरपालिकाले यस्तो कार्यक्रमको आयोजना गरेको हो ।

रैथाने खाना बनाउने कुरामा मात्रै होइन त्यहि सीपलाई सरसफाईसँग जोड्ने, सामान किन्दा मिति गुज्रिएको सामान प्रयोग गर्नु हुँदैन भन्ने जस्ता कुराहरुबारे जानकारी गराउन पनि यस्तो कार्यक्रम गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।

खाद्य स्वच्छताका लागि महानगरपालिकाले प्रदान गर्दै आएको क्षमता विकास तालिममा आज परम्परागत खाद्य सीप भएका मां पुचः, भौ–मचा पुचः, म्ह्याय्–मचा पुचः का करीब ५ सयको सहभागिता रहेको पनि महानगरपालिकाले जानकारी दिएको छ ।

‘तलिम त अरु–अरुलाई पनि दिएका छौँ । उहाँहरुको सीप घरको भान्छामा मात्रै सिमित थियो । अहिले उहाँहरु विस्तारै बजारमा आउन थाल्नु भएको छ,’ उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘त्यसलाई व्यवसायिक पनि बनाउन थाल्नु भएको छ । हामीले उपभोक्ता हितको कुरा गर्दा नागरिक सचेत हुनुपर्छ भनेका छौँ । त्यसलाई पनि ख्याल गरेर यो तालिम दिएका हौँ ।’

डंगोलले उनीहरु खाना बनाउने कलाको गुरु नै भएको भन्दै उनीहरुले आफूसँग भएको ज्ञान र सिपलाई व्यवसायिक गर्न नसकेको अवस्थामा यसता तालिमबाट केही सिकाइ भएको उल्लेख गरिन् ।

उनले खाद्य सुरक्षाका लागि तालिम दिइएको जानकारी दिइन् । ‘म विभिन्न कार्यक्रममा सहभागी हुँदा महिला दिदीबहिनी र आमाहरुलाई केन्द्रित गरेर यस्तो खालको तालिम दिन आवश्यक छ भन्ने लाग्यो,’ उनले भनिन्, ‘सोही अनुसारको कार्यक्रम बनाएर हामीले उहाँहरुले बुझ्ने गरी प्रयोगात्मक तालिमको व्यवस्था गरेका हौँ ।’

विभिन्न समूहका कार्यक्रममा सहभागी हुँदा क्षमता अभिवृद्धिका लागि पनि यस्तो कार्यक्रम चाहिन्छ भनेर भनेपछि उहाँहरुको आत्मविश्वास बढाउनका लागि यो तालिम दिएको उनको भनाई छ । ‘सीप उहाँहरुसँग छ, यो उहाँहरुको सम्पत्ति हो यस्लाई बजारिकण गर्न सहयोग पुगोस भनेर हामीले यो कार्यक्रम गरेका हौँ,’ डंगोलले भनिन् ।

‘तालिमसँगै भएको रैथाने खाद्य मेलामा खानाका उत्पादकको उत्साह र उपभोक्ताको भीडले पनि खाद्य मेलाको महत्व अझ बढेको महसुस भएको छ,’ डंगोलले भनिन् , ‘यसले हामीलाई परम्परागत रुपमा खाना बनाउने सीपलाई व्यवसायिकतामा रुपान्तरण गर्न थप कार्यक्रमको आवश्यकता महशुस भएको छ ।’

महानगरपालिकाले पहिलो पटक यति धेरैको संख्यामा यस्तो कार्यक्रम गरेका भन्दै सहभागीहरु पनि निकै उत्साहित देखिन्थे । खाद्य सुरक्षा मेलामा करी ५ सय हाराहारी सहभागी थिए भने १५ सयदेखि २ हजारले अवलोकन गरेका थिए । सहभागीहरुले पनि यसप्रकारको तालिममा पहिलो पटक सहभागी हुन पाएको, यस्ता तालिमबाट धेरै कुरा सिक्न पाएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ८ : २८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित