अनेरास्ववियुमा पनि एमालेको निर्देशन अलपत्र पर्ने अवस्था, निर्वाचन माग्दै विद्यार्थीको चर्को नाराबाजी « Khabarhub

अनेरास्ववियुमा पनि एमालेको निर्देशन अलपत्र पर्ने अवस्था, निर्वाचन माग्दै विद्यार्थीको चर्को नाराबाजी


२७ जेष्ठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) ले ३२ वर्षे उमेर हद लगाएर नेताहरूको एउटा पंक्तिलाई पाखा लगाएर कीर्तिपुरमा भइरहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) महाधिवेशनस्थलमा नाराबाजी भएको छ।

एमालेले ३२ वर्षे उमेर हद लगाएपछि भइरहेको निर्वाचनमा सर्वसम्मत नेतृत्व छान्ने कोशिश भइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र जनसंगठन समन्वय संयन्त्र संयोजक भानुभक्त ढकालले निर्वाचनमा जान नदिई सर्वसम्मत नेतृत्व छान्न हस्तक्षेप गरेपछि नाराबाजी भएको हो ।

३२ वर्षमुनिका मात्रै महाधिवेशनमा सहभागी भए पनि एमाले नेतृत्वले हस्तक्षेप गरेर सर्वसम्मत नेतृत्व चयन गर्न खोजेपछि कीर्तिपुरस्थित अनेरास्ववियुको महाधिवेशनस्थलमा चर्को नाराबाजी भएको हो ।

२४ औँ महाधिवेशनको बन्दसत्रको कार्यक्रमअन्तर्गत मंगलबारबाट निर्वाचन प्रक्रिया सुरू हुँदै गर्दा एमाले नेतृत्वले सर्वसम्मतका लागि हस्तक्षेप गरेको हो ।

सर्वसम्मतबाटै नेतृत्व तय गर्न निर्वाचन कमिटीलाई निर्देशन दिएपनि विद्यार्थीहरूले त्यसको अवज्ञा गर्ने चेतावनी दिँदै नाराबाजी गरेका हुन् ।

विद्यार्थीहरूले ‘वी वान्ट इलेक्सन’, ‘वी वान्ट इलेक्सन’ सहितका नारा लगाएका छन् । उनीहरूले सर्वसम्मतका नाममा निर्वाचनलाई निषेध गर्ने निर्णयलाई कुनै हालतमा अस्वीकार गर्ने चेतावनी पनि दिएका छन् ।

आइतबारबाट सुरू भएको महाधिवेशनको बन्दसत्रले संगठनको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन समूहगत छलफल गरी पास गरेको छ ।

महाधिवेशनको अध्यक्षमण्डलका सदस्य एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले मंगलबार बिहान बन्दसत्रको बैठक सुरू गरेर निर्वाचन प्रक्रिया अघि बढाउने बताएका थिए । तर एमाले नेतृत्वले निर्वाचनमा जान नदिई सर्वसम्मतको कोशिश गरेपछि विद्रोह भएको हो ।

महाधिवेशनको हलले १ सय ५१ सदस्सीय केन्द्रीय कमिटी, ९ जना पदाधिकारी र ३२ वर्षे उमेर हदलाई यसअघि नै अनुमोदन गरेको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  १ : २८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित