जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिको सजाय नेपालले भोग्नुपर्‍यो : परराष्ट्रमन्त्री « Khabarhub

जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिको सजाय नेपालले भोग्नुपर्‍यो : परराष्ट्रमन्त्री


२५ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण नेपालमा बेमौसमी विपत्ति आएको बताएकी छन् । 

सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपालद्वारा आज आयोजित ब्लाङ्केट वितरणमा उनले बेमौसमी विपत्तिका कारण नेपालले जनधनको क्षतिको जोखिम भोग्दै छ भनिन्  ।  

उनले भनिन्, ‘जलवायु परिवर्तनको असरका कारण नेपालमा बर्षायाम सकिएपछि गएको असोजमा बेमौसमी बाढीपहिरो आयो, यो विपत्ति ल्याउन नेपालले कुनै बातावरणीय प्रभावका काम गरेको छैन, गल्ती नगर्दा पनि अन्य देशका कारण भएको जलवायु परिवर्तनको असरले निम्त्याएको विपत्तिले जनधनको क्षति बेहोर्नुपर्‍यो ।’ 

नेपालको कारण जलवायु परिवर्तन नभएको तर, अन्य देशका कारण नेपालले पनि क्षति बेहोर्नुपरेकाले आफूले अन्तर्राष्ट्रिय फोरममा यसबारे विषय उठान गर्दै आएको उनले व्यक्त गरिन् । 

मन्त्री राणाले नेपालमा भएको विपत्तिको क्षति कसले तिर्ने प्रश्न गर्दै उनले भनिन्, ‘गर्दै नगरेको गल्तीको सजाय नेपालीले भोग्नुपर्ने, यसको क्षतिपूर्ति कसले तिर्छ ?’ 

उनले जलवायु परिवर्तनका कारण पानी स्रोत सुक्दै जाने भएकाले अबका पुस्ता–सन्ततीलाई निकै गाह्रो हुने बताइन् । ‘म मेरो सन्तानलाई जन्म दिने बेलामा जुन प्रसव पीडाबाट गुज्रिए, मर्छु कि बाँच्छु भन्ने अवस्थामा पुगेको थिए’, उनले थपिन्, ‘म र मेरो सन्तान त बाच्यो तर, यस्तै पीडा सहन बाध्य हुने महिला बाँच्न सक्लान् कि नसक्लान् भनेर यो अभियानमा जोडिएको थिएँ ।’

मन्त्री राणाले सो अवसरमा जिल्लाको पनौती र नमोबुद्ध नगरपालिका तथा रोशी, बेथानचोक, भुम्लु र तेमाल गाउँपालिकामा एक हजार ९० ब्लाङ्केट सम्बन्धित तहका जनप्रतिनिधिलाई हस्तान्तरण गरेकी थिइन् । ती स्थानीय तहमा रहेका गर्भवती तथा सुत्केरी महिलाको सङ्ख्याका आधारमा ब्लाङ्केट वितरण गरिएको थियो । 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले लैङ्गिक हिसाबले हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व निकै कमजोर भएकाले उद्यमशीलतासँग जोडेर क्षमता अभिवृद्धि गर्दै अघि बढाउनुपर्नेमा जोड दिए । 

कांग्रेस काभ्रेको सभापति तीर्थ लामाले मन्त्री राणासमक्ष जिल्लामा विपद्बाट भएको जनधनको क्षतिबारे जानकारी गराउँदै बाढीपहिराले क्षतिग्रस्त प्रदेश राजधानी जोड्ने तथा पूर्वको छोटो दूरीका रूपमा सञ्चालनमा रहेको बिपी राजमार्ग पुनर्निर्माणमा पहल गरिदिन आग्रह गरेका थिए  । 

संस्थाका कोषाध्यक्ष सुनिल श्रेष्ठले सन् १९८६ मा २६ महिला समूहले ‘सफा सुत्केरी’ अभियान सञ्चालन गरी सुरुआत गरिएको संस्थाले सन् २००५ देखि महासंघको रूपमा काम गरिरहेको बताए । 

उनका अनुसार सञ्जालले सुरक्षित मातृत्वका लागि नीतिगत वकालत, पैरवी र बर्थिङ सेन्टर स्थापनालगायतको काम गर्दै आएको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ५ : ३२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित