गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास « Khabarhub

गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास


२५ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युजिल्यान्ड – न्युजिल्यान्डका मार्टिन गुप्तिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। सन् २०२२ को अक्टोबरमा अन्तिम पटक न्युजिल्यान्डको टोलीबाट खेलेका उनले टी-२० घरेलु तथा फ्रेन्चाइजलाई निरन्तरता दिने बताएका छन्।

३८ वर्षीय गुप्तिल अहिले न्युजिल्यान्डको टी-२० प्रतियोगिता खेल्नका लागि अकल्यान्डमा छन्। पिएसलको ड्राफ्टमा समेत रहेका उनलाई इस्लामवाद युनाइटेडले रिटेन गर्ने अनुमान गरिएको छ।

न्युजिल्यान्डका लागि १९८ एक दिवसीय खेलेका उनले सो क्रममा ४३ सय ४६ रन प्रहार गरेका छन्। उनले भन्दा बढी रोज टेलरले आठ हजार ६०७ तथा स्टेफन फ्लेमिङले आठ हजार ७ रन प्रहार गरेका छन्।

टी-२० उनले न्युजिल्यान्डका लागि सबै भन्दा धेरै रन प्रहार गरेका छन्। उनले १२२ खेलमा तीन हजार ५३१ रन प्रहार गरेका छन्। उनी पछिल्लो समय नेपाल प्रिमियर लिग खेल्न काठमाडौं आएका थिए। उनले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सबाट खेलेका थिए।

सन् २००९ देखि २०१६ सम्म उनी टेस्ट टोलीमा थिए। उनी सीमित ओभरको खेलमा झैँ टेस्टमा सफल भएनन्। उनले ४७ टेस्टमा २५ सय ८६ रन प्रहार गरे। ‘म सानो हुँदा नै न्युजिल्यान्डका लागि खेल्ने सपना पालेको थिएँ। मेरो देशको जर्सीमा ३६७ खेलमा सहभागिता जनाउँदा आफूलाई भाग्यमानी ठानेको छु,’ सन्यासपछि उनले भने।

गुप्तिलले सबै टोलीका सहकर्मी खेलाडी, व्यवस्थापक तथा प्रशिक्षकलाई धन्यवाद दिएका छन्। यु-१९ समूहमा रहँदाका उनका प्रशिक्षक मार्क ओ डोनेलप्रति उनले विशेष आभार व्यक्त गरेका छन्।

उनले यस सफलतामा परिवारले गरेको त्याग पनि महत्त्वपूर्ण रहेको बताएका छन्। सन् २००९ मा एक दिवसीय खेलको डेब्यु मै उनले वेस्ट इन्डिजको विरुद्धमा १३५ बलमा अविजित १२२ रन प्रहार गरेका थिए।

सन् २०१५ मा विश्वकप क्वार्टर फाइनलमा नै घरेलु भूमिमा उनले सोही टोलीको विरुद्धमा अविजित २३७ रन प्रहार गरेका थिए सो क्रममा उनले १६३ बलको सामना गरेका थिए। न्युजिल्यान्ड उपविजेता बनेको सो विश्वकपमा उनले सबै भन्दा धेरै रन प्रहार गरेका थिए। उनले कुल ५४७ रन प्रहार गरे।

त्यसको चार वर्ष पछिको विश्वकपमा पनि उनी चर्चाका रहे। नियमित समयमा १८ बलमा १९ रन बनाएर आउट भएका उनी सुपर ओभरमा ब्याट राख्न ढिला भएका कारण रन आउट भएका थिए। उनको साथमा जिमी निसम थिए। सोही कारण सुपर ओभरमा पनि बराबरी भएकाले बढी बाउन्ड्री प्रहार गरेका कारण इङ्गल्यान्ड विजयी भएको थियो।

सन् २०१९ मा उनी ब्याटिङमा फर्ममा नरहे पनि फिल्डिङमा उत्कृष्ट थिए। सेमिफाइनलमा उनले गरेको डाइरेक्ट हिटको सिकार हुँदै भारतीय कप्तान महेन्द्र सिंह धोनी आउट भएकाले न्युजिल्यान्ड फाइनल प्रवेश गरेको थियो।

सन् २०२१ मा दुबईमा भएको टी-२० विश्वकपमा उनी सहितको न्युजिल्यान्ड फाइनल प्रवेश गरेको थियो।

सन् २०२२ मा अस्ट्रेलियामा भएको अर्को संस्करणमा उनी टोलीमा रहे पनि पहिलो प्राथमिकता फिन एलनले पाएका कारण बेन्चमा नै बिताउन बाध्य भएका थिए।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ६ : ३३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित