साढे दुई करोड अनलाइन ठगी आरोपमा सात जना पक्राउ « Khabarhub

साढे दुई करोड अनलाइन ठगी आरोपमा सात जना पक्राउ


२५ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– अनलाइन ठगीमा संलग्न रहेको आरोपमा सात जना पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर ठगी गरेको आरोपमा सात जना र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ मा होलीको दिन भएको आँशु यादवको हत्यामा संलग्न एक जना गरि धनुषा प्रहरीले आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 उनीहरूले अनलाइनको दुरुपयोग गरेर दुई करोड ६३ लाख ९ हजार तीन सय १२ रुपियाँ ठगी गरेको प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । उनका अनुसार धनुषाधाम नगरपालिका-१ का २३ वर्षीय सुरज साह, सर्लाही बरहथवा–७ का २२ वर्षीय नितेश कुमार साह, गौशाला नगरपालिका –१ का २२ वर्षीय रोशन साह, सोही ठाउँका २१ सुधीर कुमार महतो, १९ वर्षीय अमित साह, क्षीरेश्वरनाथ नगरपालिका –२ का २२ वर्षीय श्याम सुन्दर महरा र सोही ठाउँका २० वर्षीय राम कुमार महरा पक्राउ परेका छन् । 

उनीहरुले सस्तोमा मोबाइल, मोटरसाइकल जस्ता समान दिने भनेर ठगी गर्ने गरेका थिए । पक्राऊ परेकाहरूको साथबाट १० वटा मोबाइल समेत फेला परेको छ । त्यो मोबाइलबाट विभिन्न बैंक तथा वित्तीय संस्था तथा वालेट आईडी समेत गरी एक सय ८७ वटा खाता खोलेको प्रहरी अनुसन्धानमा देखिएको छ ।  

उनीहरूले सस्तो दरमा समान दिने भनेर अनलाइन ठगी गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । उनीहरूले अग्रिम भुक्तानी लिएर सम्पर्क विहीन हुने गरेका थिए । हाल सम्म उनीहरूको २१ वटा फेक एकाउन्ट र पेज फेला परेको प्रहरी उपरीक्षक रेग्मीले बताए । उनीहरु माथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

यस्तै २०८१ चैत २ गते होलीको दिन जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बिन्धी टोलमा धर्मेन्द्र महतोले धारिलो हतियार प्रयोग गरी आशु यादव र रूपेश यादवलाई आक्रमण गरी गम्भीर घाइते बनाएका थिए । घाइते अवस्थामै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा आशु यादवको सोही दिन साँझ ५ः५५ बजे मृत्यु भएको थियो ।

उक्त घटनापछि फरार रहेका जनकपुरधाम उपमहानगरपालिका २३-का ५५ वर्षीय रामदहिन महतो उर्फ गुजरा महतो, लाई प्रहरीको टोलीले मिति २०८२ बैशाख २२ गते धनौजी गाउँपालिका–४ बाट पक्राउ गरेको हो । 

हाल उनलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  २ : ३७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित