ओलीसँग वर्षमानको आग्रह- देउवाको गृह जिल्लामा पुल बनाइदिनुस्  « Khabarhub

ओलीसँग वर्षमानको आग्रह- देउवाको गृह जिल्लामा पुल बनाइदिनुस् 


२४ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरास्थित रंगुन नदीमाथि पुल बनाइदिन माग गरेका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै पुनले आफू अर्थमन्त्री भएका चालु आर्थिक वर्षको बजेटमा रंगुन नदीमा पुल निर्माणका लागि रकम छुट्याए पनि वर्तमान सरकारले ठेक्का प्रक्रिया रोकेर राखेका कारण पुन बन्न नसकेको बताए । देउवाको गृहजिल्लामा मात्र नभई देशैभर विकासको यही अवस्था रहेको उनको भनाइ थियो ।

 ‘म हिजो संसदको प्रमुख दलका सभापति माननीय शरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा पुगेर आएँ । आजै मात्र फर्किएको छु’, पुनले भने, ‘त्यहाँ ठूलो रंगुन नदी रहेछ । त्यसमा यस वर्ष पुल बनाउनका लागि बजेट विनियोजन भएको रहेछ । तर, सरकारले ठेक्का लगाइराखेको छैन । यो रोल्पामा पनि त्यस्तै छ, अरु जिल्लामा पनि त्यस्तै छ ।’ 

आफूले बजेट बनाउँदा प्रतिनिधिसभाका २ सय ७५ जना र राष्ट्रियसभाका ५९ जना सांसदको सिफारिसका योजनामा देशैभर सडक, पुल र खानेपानीका योजनामा बजेट छुट्टाएको भए पनि अहिलेको सरकारले टुक्रे आयोजनाको नाममा ठेक्का नलगाएको भन्दै पुनले असन्तुष्टि जनाए ।

 ‘माननीय सदस्यहरूले दिनुभएका योजनाहरू कार्यान्वयन नगरेर एकमुष्ट रूपमा टुक्रे योजना भनेर आरोपित गरिएको छ ।  सरकार र सम्बन्धित मन्त्रालयको खर्च गर्ने रुचि छैन’, उनले भने, ‘के देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा योजना पुग्न हुने थिएन रु संघीय सरकारले ती क्षेत्रहरुमा बाटो बनाउनुपर्ने, पुल बनाउनुपर्ने, खानेपानी पु¥याउनुपर्ने होइन ?’ । 

पुनले सत्तापक्षकै सांसदहरूले आफूसँगको अनौपचारिक भेटमा सरकारले विकास बजेट खर्च गर्न तदारुकता नदेखाएको विषयमा खबरदारी गरिदिन आग्रह गर्ने गरेको पनि सुनाए । पुनले प्रचण्ड नेतृत्वको तत्कालीन सरकारमा एमाले रहेको र भौतिक पूर्वाधारजस्ता अर्बौँ बजेट खर्च गर्ने मन्त्रालयको नेतृत्व लिएको पार्टीले अहिले बजेटको स्वामित्व नलिएकामा आपत्ति जनाए । 

‘ठेक्कापट्टाका लागि आवश्यक श्रोत जुटाएर डडेलधुराको रंगुन नदीको पुल यसै वर्ष निर्माण होस् । वर्तमान प्रधानमन्त्रीज्यूकै पार्टी सरकारमा थियो । भौतिक पूर्वाधारजस्ता मन्त्रालय जसले खर्बौं बजेट परिचालन गर्छ । त्यो बजेट कसले बनाएको हो, कसले सिफारिस गरेको हो । किन कार्यान्वयन भइराखेको छैन । त्यसको जिम्मा वर्तमान सरकारको नेतृत्व गरिराखेको पार्टीले पनि  लिनुपर्छ  ।’

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ७ : ४३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित