गाजामा भएको इजरायली आक्रमणमा २९ जनाको मृत्यु « Khabarhub

गाजामा भएको इजरायली आक्रमणमा २९ जनाको मृत्यु


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजा क्षेत्रमा सोमबार इजरायलद्वारा गरिएका हवाई आक्रमणहरूमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् ।

नागरिक सुरक्षा प्रवक्ता महमुद बसालका अनुसार गाजा सहरको उत्तरमा रहेको अल–करामा क्षेत्रमा आवासीय भवनहरूमा गरिएको बम आक्रमणपछि १५ वटा शव फेला परेका छन् र १० जना भन्दा बढी मानिसहरूलाई जीवितै उद्दार गरिएको छ । सोही क्षेत्रमा बम प्रहारबाट थप पाँच जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन् ।

गाजाको उत्तर भाग बेइत लाहियामा गरिएको आक्रमणमा सात जनाको मृत्यु भएको छ भने दक्षिणी गाजाको खान युनिसको पश्चिम भागमा दुई जनाले ज्यान गुमाएका छन् ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलले चालु वर्षको मार्च १८ गतेदेखि फेरि आक्रमण सुरु गरेयता हालसम्म दुई हजार ४५९ जनाको ज्यान गएको छ भने छ हजार ५६९ जना घाइते भएका छन् । गत वर्षको मार्चदेखि हालसम्म मृत्यु हुनेको कुल सङ्ख्या ५२ हजार ५६७ पुगेको छ ।

इजरायली सेनाले भने आइतवार खान युनिस क्षेत्रमा हमासद्वारा इजरायलतर्फ प्रक्षेपणको तयारीमा राखिएका रकेटहरू ध्वस्त पारिएको दाबी गरेको छ ।

यता, हमासको सशस्त्र समूह अल–कस्साम ब्रिगेड्सले इजरायली इन्जिनियरिङ समूहमाथि खान युनिसको पूर्वी सिमानामा रहेको अल–फराहिन क्षेत्रमा आक्रमण गरिएको जनाएको छ । उनीहरूले पहिला गोली प्रहार गरेको बताएका छन् । यस घटनामा इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

यसैबीच, अन्तर्राष्ट्रिय रेडक्रस संस्थाले गाजाको दक्षिण भागमा रहेको किसुफिम नाका हुँदै रिहा गरिएका १० जना प्यालेस्टिनी बन्दीहरूलाई देइर अल–बालाहस्थित अल–अक्सा शहीद अस्पतालमा पु¥याएको छ । रेडक्रसका अनुसार ती बन्दीहरूलाई आफ्ना परिवारसँग भेट गराइएको र स्वास्थ्य परीक्षणको व्यवस्थासमेत मिलाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १० : १२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित