कप्तान अय्यर र ओपनर सिंहको अर्धशतकमा लखनउविरुद्ध पञ्जाबको सानदार जित « Khabarhub

कप्तान अय्यर र ओपनर सिंहको अर्धशतकमा लखनउविरुद्ध पञ्जाबको सानदार जित


१९ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सले अपराजित यात्रा कायम राखेको छ। मंगलबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले हराउँदै पञ्जाबले अपराजित यात्रा कायम राखेको हो। पञ्जाबका जितमा ओपनर प्रभसिमरन सिंह र कप्तान श्रेयस अय्यरले सानदार अर्धशतक बनाए।

यो जितसँगै पञ्जाब दुई खेलबाट चार अंक बनाउँदै शीर्ष स्थानमा पुगेको छ। पहिलो खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराएको थियो। लखनउको भने यो लगातार दोस्रो हार हो। तीन खेल खेलिसकेको लखनउले दुई अंक मात्र जोडेको छ।

भारतरत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले २० ओभरमा सात विकेट गुमाउँदै १७१ रन बनाएको थियो। उसका लागि निकोलस पुरनले सर्वाधिक ४४ रन बनाए।
आयुष बडानीले ४१ रन बनाउँदा एडन माक्रराम २८, अब्दुल समाद २७ र डेभिड मिलर १९ रनमा आउट भए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पञ्जाबका अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ४३ रन खर्चिए मात्र खर्चिए। लोक्की फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को जोन्सन र युजवेन्द्र चाहलले समान एकएक विकेट हात पारे।

लखनउले दिएको १७२ रनको लक्ष्य पछ्याएको पञ्जाबले १६.२ ओभरमा दुई विकेट गुमाउँदै १७७ रन बनाएको हो। पञ्जाबका लागि ओपनर प्रभसिमरनले सर्वाधिक ६९ रन बनाए। ३४ बलको सामना गरेका उनले नौ चौका र तीन छक्काको मद्दतामा सानदार अर्धशतकीय इनिङ खेलेका हुन्।

कप्तान अय्यरले भने अन्तिम बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। दुई विकेटको क्षतिमा लक्ष्य भेट्न मात्र एक रन बाँकी हुँदा स्टाइकमा गएका अय्यरले एउटा डट बल खेल्दै छक्का हिर्काएर ५२ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन्। अविजित रहेका उनले ३० बलमा तीन चौका र चार छक्कासहित ५२ रन बनाएका हुन्। अघिल्लो खेलमा उनी गुजरातविरुद्ध शतक प्रहार गर्न तीन रनले चुकेका थिए। उनले अविजित ९७ रन बनाएका थिए।

विष्फोटक ब्याटिङ गरेका पञ्जाबका लागि नेहाल भाधेराले नटआउट ४३ रन बनाए। उनले २५ बल खेल्दा तीन चौका र चार छक्का प्रहार गरेका थिए। उसका लागि प्रयान्स आर्या आठ रन बनाएका थिए।

लखनउका दिग्वेश राठीले चार ओभर बलिङ गर्दा दुई विकेट लिएर ३० रन खर्चिएका थिए।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ५ : ५६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित