राजनीतिक संयन्त्र र पदाधिकारी बैठकको निर्णय प्रजातान्त्रिक विधिले चिन्दैन : नैनसिंह महर « Khabarhub

राजनीतिक संयन्त्र र पदाधिकारी बैठकको निर्णय प्रजातान्त्रिक विधिले चिन्दैन : नैनसिंह महर


१८ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह मरले नेपालको संविधानले सरकार सञ्चालनका लागि बनाएको संयन्त्र र कांग्रेसको विधानले पदाधिकारी बैठकको निर्णय नचिन्ने भए पनि राजनीतिमा यही प्रवृत्ति हाबी भइरहेको टिप्पणी गरेका छन् ।

कांग्रेस पाँचथरले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा भित्तेपात्रो विमोचनलाई सम्बोधन गर्दै महरले यस्तो बताएका हुन् । 
 
दुर्भाग्यवश सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्रलाई अगाडि सारिएको र त्यो प्रभावकारी हुन नसकेको उनले बताए । ‘यस्तो संयन्त्रलाई नेपालको संविधानले चिन्दैन । तर, दलहरूको सहमतिको आधारमा संयन्त्र बन्यो। ठिक छ। बनेको संयन्त्रले राम्रोसँग काम गर्नुपर्नेमा जिम्मेवारी बहन गर्न सकेको छैन्’ उनले भने ।

संयन्त्रले प्रमुख सत्तारुढ दल कांग्रेसको ओजलाईसमेत सम्बोधन गर्न नसकेको उनको आरोप छ । ‘कांग्रेस मुलुककै ठूलो राजनीतिक दल हो । एकल बहुमत नहुँदा राजनीतिक अस्थिरतालाई स्थिर गतिमा लैजान कांग्रेसले गठबन्धन गर्नुपर्ने बाध्यात्मक अवस्था छ । तर, वर्तमान संयन्त्र यो मर्मलाई बुझेर अगाडि बढेजस्तो देखिँदैन। संयन्त्रले कांग्रेसको ओजलाई बुझ्न सकेको छैन । प्रभावकारी काम पनि गर्न सकेको छैन,’ महरले टिप्पणी गरे ।

यस्तै उनले पार्टीभित्रको पदाधिकारी बैठकको औचित्यमाथि समेत प्रश्न उठाएका छन्। उनले करिब एक वर्ष हुनै लाग्दा पनि केन्द्रीय समिति बैठक बस्न नसकेको र पदाधिकारी बैठकका निर्णयलाई कांग्रेसको विधानले नचिन्ने भएकाले त्यसको औचित्यमाथि प्रश्न उठाएका हुन् ।

‘केन्द्रीय समिति बैठकको नियम उल्लंघन गरेर बारम्बार विधानले नचिन्ने पदाधिकारी बैठकको निर्णय भन्दै बाहिर आउनु दुर्भाग्यपूर्ण छ । यो लोकतान्त्रिक व्यवस्थाका लागि सुखद पक्ष होइन । प्रजातान्त्रिक पार्टीमा प्रजातान्त्रिक पद्धति अनुसार नै निर्णय हुनुपर्छ । केन्द्रीय समिति बैठक र कार्य सम्पादन समितिको बैठकबाट पार्टीका निर्णय अगाडि बढ्नुपर्छ,’ उनले भने ।

पदाधिकारी बैठकबाट पार्टी अगाडि बढाइ १५औँ महाधिवेशनलाई प्रभावित पार्ने खेल भइरहेको महरले आरोप लगाएका छन् । आफ्नो जिम्माको काम कसैले पनि नगर्दा र यसरी पदाधिकारी बैठकबाट पार्टी सञ्चालन गर्दा महाधिवेशन प्रभावित हुने खतरा रहेको उनले बताए ।

‘त्यसैले ८ लाख ८८ हजार कांग्रेसका क्रियाशील सदस्यले टोलबाट नै आफ्नो भागको काम गर्नुपर्छ। टोल, वडा, पालिका, क्षेत्र, जिल्ला, प्रदेशमा सबैले आफ्नो जिम्मेवारी बहन गर्नुपर्छ । र, जिम्मेवार पदाधिकारीलाई केन्द्रमा दबाब दिनुपर्ने बेला आएको छ । त्यसपछि मात्र पार्टीको महाधिवेशन अगाडि बढ्ने छ,’ उनले भने। यस्तो हुन सके मात्र देश र पार्टीले गति लिन सक्ने महरको बुझाइ छ । -न्युजकारखानाबाट साभार

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  ४ : १३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित