फिलिपिन्समा भएको विवादमा ११ जनाको मृत्यु « Khabarhub

फिलिपिन्समा भएको विवादमा ११ जनाको मृत्यु


१५ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिणी फिलिपिन्समा सशस्त्र विद्रोही समूहका लडाकु कमान्ड युनिटहरूबीच भएको विवाद तथा लडाइँमा कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।

फिलिपिन्सको विद्रोही समूह मोरो इस्लामिक लिबरेसन फ्रन्ट (एमआइएलएफ) का सदस्यहरूबीच मागुइन्दानाओ डेल सुर प्रान्तको दुर्गम गाउँमा बुधबार दिउँसो भएको झडपमा उनीहरूको  मृत्यु भएको फिलिपिन्सको सेना र प्रहरीले जनाएको छ ।

एक स्थानीय अधिकारीले लामो समयदेखि सशस्त्र लडाइँ चलिरहेको यस क्षेत्रमा  मृतकको सङ्ख्या १९ पुगिसकेको बताएका छन् ।  

प्रान्तीय उद्धार अधिकारी अम्बोलोडोका अनुसार उक्त गाउँ वरिपरि बसोबास गर्ने दुई हजार बासिन्दा लडाइँका क्रममा ज्यान बचाउन निकासी केन्द्र तथा अन्य आफन्तहरूकोमा आश्रय लिन बाध्य भएका छन् ।  

दशकौँदेखि क्याथोलिक बहुल फिलिपिन्स मुस्लिम नेतृत्वको पृथकतावादी विद्रोहसहित हिंसात्मक विद्रोहबाट ग्रस्त छ । विद्रोहमा एक लाखभन्दा बढी मानिसले अकालमै मृत्यु वरण गरेका छन् ।  

सन् २०१४ मा मनिलाले एमआइएलएफसँग हस्ताक्षर गरेको शान्ति सम्झौतामा यसका सदस्यहरूको बन्दुक र हतियारहरू निस्क्रिय पार्नुपर्ने सर्त समावेश छ ।

सेनाले बिहीबार एक विज्ञप्तिमार्फत झडपका क्रममा भएको शान्ति प्रक्रियाको उल्लङ्घनको विरोध गर्न–सम्झौताको सल्लाहकार निकायसम्बन्धी समन्वय समितिलाई पत्राचार गरेको थियो ।

फिलिपिन्स सेनाको ९०औँ इन्फेन्ट्री बटालियनले पनि बिहीबार एमआइएलएफ एड हॉक जोइन्ट एक्सन समूहका सदस्यसँग यस क्षेत्रमा लडाकू समूहबीच प्रतिशोध रोक्नका लागि हस्तक्षेपबारे छलफल गर्न संवाद गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ४ : १३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित