आजका समाचार : समाजवादीको महाधिवेशन, सत्तामा हलचलदेखि लालीगुराँसका अध्यक्ष पक्राउसम्म « Khabarhub

आजका समाचार : समाजवादीको महाधिवेशन, सत्तामा हलचलदेखि लालीगुराँसका अध्यक्ष पक्राउसम्म


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओलीमाथि खनिँदै नेपालले प्रचण्डलाई भने, ‘अझै संसद् विघटन ठिक थियो भन्दैछन्, जोगिनुस्’

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रोश पोखेका छन् ।

समाजवादीको १० औं महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार प्रज्ञा भवनमा सम्बोधनका क्रममा उनले मञ्चमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ओलीसँग जोगिन सचेत गराएका हुन् ।

सभापति देउवाले बोलाए पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न सभापति देउवाले सोमबार अपराह्न पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।

सभामुखको तर्क- संसद् कानुन बनाउनेसँगै राष्ट्र निर्माणको पनि थलो हो

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् कानुन बनाउने मात्र नभई राष्ट्र निर्माण गर्ने थलो भएको बताएका छन् ।

६६औँ संसद् दिवसका अवसरमा पूर्व सांसद मञ्च नेपालको आयोजना तथा सङ्घीय संसद् सचिवालयको समन्वयमा आज आयोजना गरेको कार्यक्रममा उनले संविधान कार्यान्वयन र कानुन कार्यान्वयनका विषयमा सरोकारवाला निकायसँग छलफल गर्नुपर्नेमा जोड दिए ।

प्रतिनिधिसभा : विपद्मा परेकाको उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले प्राकृतिक विपद्मा परेकाहरूलाई राहत वितरण र उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभाको आकस्मिक समयमा सांसद देवेन्द्र पौडेलले बागलुङ गलकोट नगरपालिका–८ काँडेबासका प्रेम विक र वसन्ती विकले बाढीमा पुरिएर मृत्यवरण गर्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्न रास्वपा महामन्त्री ढकालको प्रस्ताव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्न प्रस्ताव गरेका छन् ।

आगामी बुधवार बिहान बस्ने केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई प्रस्ताव गरेको जानकारी दिएका छन् ।

अर्थसंक्षेप : एकै वर्षमा दर्जन बढी सबस्टेशन र वितरण प्रणाली तयारदेखि तीन वटा विधेयक पारितसम्म

बैकुण्ठ अर्यालको नाम न मुख्यसचिव सूचीमा, न योजना आयोगमा !

लेखापरीक्षकको व्यावसायिक शिक्षाबाट तीन जना दीक्षित

सर्वोच्च लेखापरीक्षण संस्थाहरुको अन्तर्राष्ट्रिय सङ्गठन (इन्टोसाई)द्वारा सञ्चालित सरकारी लेखापरीक्षकका लागि व्यावसायिक शिक्षा (पिइएसए–पी) कोर्स अध्ययन गर्ने तीन जना वरिष्ठ कर्मचारी दीक्षित भएका छन् ।

महालेखापरीक्षक कार्यालयको ६६औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले उनीहरूलाई प्रमाणपत्र प्रदान गरे ।

नक्कली शरणार्थी प्रकरण : बेचन झालाई ७ दिन हिरासतमा राख्न अनुमति

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा पक्राउ परेका बेचन झाललाई अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतले ७ दिनको म्याद दिएको छ ।

ठगी र संगठित अपराधमा अनुसन्धानका लागि अदालतले ७ दिन हिरासतमा राख्ने अनुमति दिएको हो ।

अख्तियारद्वारा भ्रष्टाचार मुद्दामा बयानको प्रतिकूल हुने गरी बकपत्र गर्नेविरुद्ध मुद्दा दायर

असई थमन विक हत्या अभियोगमा पुर्व सांसद पक्राउ

लालीगुराँस सहकारीका अध्यक्षसहित चार जना पक्राउ

बिजुली बजार सडक खण्डमा फल्चा शैलीमा निर्मित बस बिसौनी शुभारम्भ

अरनिको राजमार्गअन्तर्गत बबरमहलबाट बानेश्वरतर्फ बिजुली बजारको पुल पार गरेपछिको सडक खण्डमा निर्माण भएको फल्चा शैलीको बस बिसौनी आजबाट शुभारम्भ भएको छ ।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फल्चा उद्घाटन गरेकी हुन् । यसअघि (२०८१ जेठ १ गते) बाट सडकको अर्को किनाराको फल्चा सञ्चालनमा ल्याइसकिएको छ ।

कोपा अमेरिका : चिलीलाई हराउँदै क्यानडा क्वार्टरफाइनलमा

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ८ : ०५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित