आईसीसी वरीयतामा नेपाल एक स्थान तल झर्‍यो « Khabarhub

आईसीसी वरीयतामा नेपाल एक स्थान तल झर्‍यो


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसीको एकदिवसीय वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीको नयाँ वरियतामा एकदिवसीय क्रिकेटमा लगातार हार बेहोरेको नेपाल १७औ स्थानमा पुगेको हो । यस अघि नेपाल १६औँ स्थानमा रहेको थियो ।

त्यस्तै पछिल्ला खेलहरूमा जित हासिल गरेको क्यानडाले भने चार स्थान सुधार गर्दै १५औं स्थानमा उक्लिएको छ । त्यस्तै अमेरिका एक स्थान उक्लिएर नेपाल भन्दा अगाडि १६औँ स्थानमा रहेको छ । त्यस्तै खराब प्रदर्शन गरिरहेको नामिबिया तीन स्थान तल झरेर १८औँ स्थानमा पुगेको छ भने ओमान एक स्थान तल झरेर १९औँ स्थानमा पुगेको छ ।

त्यस्तै एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा भारत रहेको छ भने दोस्रो स्थानमा अस्ट्रेलिया रहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ६ : ०१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित