दैजी–जोगबुढा सडक निर्माणको काम अलपत्र « Khabarhub

दैजी–जोगबुढा सडक निर्माणको काम अलपत्र


११ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– महेन्द्रनगर र डडेल्धुराको भित्री मधेस जोड्ने दैजी–जोगबुढा सडक निर्माणको काम अलपत्र परेको छ ।

विसं २०७४ वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी नागार्जुन कन्स्ट्रक्सनसँग २१ करोड २६ लाख ५३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौता भएको सात वर्ष बित्दा पनि सडकको नौ किलोमिटर सडकखण्ड मात्रै कालोपत्र भएको छ । हालसम्म सडक निर्माणका लागि चारपटक म्याद थप हुँदासमेत निर्माणले पूर्णता पाउन सकेको छैन ।

कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले नजिकपर्ने उक्त सडक निर्माण नहुँदा यहाँका स्थानीयले सास्ती खेप्नुपरेको छ ।

उक्त सडक निर्माण नहुँदा डडेल्धुराको भित्री मधेसका स्थानीयले धनगढीको अत्तरिया भएर घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

‘डडेल्धुरा र कञ्चनपुर जोड्ने यो छोटो दूरीको सडक नबन्दा हामीले घुमाउरो बाटो भएर आवतजावत गर्नुपर्ने बाध्यता छ’, डडेल्धुराको जोगबुढाका रामबहादुर बुढामगरले भने, ‘यो सडक निर्माण नहुँदा हामीले धेरै दुःख खेप्नुपरेको छ ।’

उनले सडक नहुँदा जोगबुढा र पर्शुराम क्षेत्रको उत्पादन बिक्रीका लागि पनि समस्या हुने गरेको बताए। ‘सडक भइदिएको भए यहाँ उत्पादन भएका दाल, तरकारी महेन्द्रनगर बजार लगेर बिक्री गर्न सहज हुन्थ्यो’, उनले भने, ‘सडक निर्माण भइदिए यहाँ धेरैले रोजगार पाउने थिए ।’

सडक निर्माणमा सरोकारवाला निकायले चासो नदेखाउँदा चुरे पहाडमा सडक किनारामा निर्माण गरिएका नालीसमेत पुरिन लागेको स्थानीय नरेश जोशीले बताए । ‘बनेका पर्खाल र नाली जीर्ण हुँदै गएका छन्’, जोशीले भने, ‘वर्षात्मा हरेक वर्ष सडमा क्षति हुने गरेको छ ।’

डडेल्धुराको आधा जनसङ्ख्या भएको भित्री मधेसलाई कञ्चनपुरसँग यो छोटो दूरीको सडक भीमदत्त राजमार्गको विकल्पकारुपमा रहेको छ ।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरले भने सडक निर्माणमा ढिलाइ भएको जनाएको छ । कार्यालयका सूचना अधिकारी आन संह डाँगाले तीन वर्षमा सम्पन्न गरिसक्नुपर्ने सडक हालसम्म पनि पूरा नभएको बताए ।

‘हरेक वर्ष वर्षात्मा बाढीले क्षति गर्ने गरेको छ, यसका कारणले पनि समस्या भएको छ’, उनले भने, ‘हालसम्म चार पटक म्याद थप भइसकेको छ, अहिले पनि म्याद थपको प्रक्रियामा छ ।’

उनका अनुसार निर्माण व्यवसायीले रु १८ करोड ३६ लाख रकम भुक्तानी पाइसकेको छ । कञ्चनपुरको महेन्द्रनगर, अत्तरिया हुँदै डडेल्धुरा पुग्न एक सय ६५ किमी दूरी पार गर्नुपर्छ भने महेन्द्रनगरबाट दैजी–जोगबुढा हुँदै त्यहाँ ६५ किमी पार गरेपछि पुगिन्छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ४ : ४७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित