लेबनानविरूद्धको इजरायली आक्रमणबाट फताह समूहका स्थानीय नेताको मृत्यु « Khabarhub

लेबनानविरूद्धको इजरायली आक्रमणबाट फताह समूहका स्थानीय नेताको मृत्यु


५ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिदोन– लेबनानको दक्षिणी शहर सिदोनमा बुधबार इजरायली आक्रमणमा फताहका एक अधिकारीको मृत्यु भएको प्यालेस्टिनी समूहका एक वरिष्ठ सदस्य र एक सुरक्षा स्रोतले बताएका छन् ।

इजरायल र लेबनानको हिजबुल्लाह आन्दोलनबीच १० महिनाभन्दा बढी समयदेखि जारी सीमापार झडपमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको नेतृत्वमा रहेको फताहविरूद्ध भएको यो पहिलो आक्रमण हो ।

गाजाको प्यालेिस्टनी इस्लामी शासक हमासलाई टक्कर दिने समूहका एक वरिष्ठ सदस्य फाथी अबु अल–अरादातले भन्नुभयो, “सिदोनमा इजरायलले गरेको आक्रमणमा फतह समूहका अधिकारी खलील मकदाहको मृत्यु भएको छ ।

लेबनानको एक सुरक्षा स्रोतले एएफपीलाई घटनाबारे पुष्टि गर्दै उनको कारमा ड्रोन आक्रमण भएपछि उनको मृत्यु भएको बताएको छ । 

घटनास्थलमा रहेका एएफपी संवाददाताका अनुसार प्यालेस्टाइनको ऐन अल–हेल्वेह र मिह–मिहको शिविर नजिकै एउटा कारलाई ठक्कर दिइएको थियो ।

लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सीका अनुसार मकदाहको कारमा भएको ड्रोन आक्रमणमा मृत्यु भएको हो ।

फताहको सशस्त्र शाखा अल अक्सा शहीद ब्रिगेडको लेबनानी शाखाका प्रमुख मौनीर मकदाहले सञ्चारमाध्यम अल मायादीनसँग ‘आफ्ना भाइ’ खलीलको हत्या भएको बताए । खलील अल–अक्सा शहीद ब्रिगेडका कमान्डर रहेको मकदाहले बताए । 

प्यालेस्टिनी लडाकू समूहले गत अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणपछि गाजा युद्ध चर्किएपनि हिजबुल्लाह र उसका सहयोगीहरूले आफ्नो सहयोगी हमासको समर्थनमा इजरायलविरूद्ध नियमित आक्रमण गर्दै आएका छन् ।

तर फताहले लेबनानबाट इजरायलमाथि कुनै पनि आक्रमणको घोषणा गरेको छैन न त लेबनानमा इजरायली आक्रमणमा मारिएका सदस्यहरूप्रति शोक व्यक्त गरेको छ ।

सन् २००६ को चुनावमा हमासको शानदार विजयपछि भएको घातक भिडन्तपछि हमासका लडाकुहरूले गाजा पट्टीबाट फताहलाई बाहिर निकालेपछि हमास र फताह कटु प्रतिद्वन्द्वी बनेका छन् ।

फताहले प्यालेस्टिनी प्राधिकरणको नेतृत्व गर्छ, जसको इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा आंशिक प्रशासनिक नियन्त्रण छ ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  ५ : २८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित